site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
साहित्यिक अन्वेषक शिव रेग्मीको निधन
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली साहित्यमा अनुसन्धान र अन्वेषणको कार्यमा सक्रिय रहँदै आएका समीक्षक तथा गम्भीर समालोचक शिव रेग्मीको बुधवार दिउँसो निधन भएको छ । उनी ७८ वर्षका थिए । 
लो प्रोफाईलमा रहेर गम्भीर प्रकृत्तिको साहित्यिक कर्ममा क्रियाशील शिव रेग्मीसँग साहित्यिक पत्रपत्रिकाहरुको विशिष्ट संकलन रहेको थियो । कसैलाई कुनै साहित्यिक जानकारी चाहिए उनले तत्सम्बन्धी जानकारी उपलब्ध गराउँदै आएका थिए । 
साहित्यिक अन्वेशक शिव रेग्मीलाई उनले गरेको साहित्य सेवाका लागि २०७० सालमा मदन पुरस्कार गुठीले ‘जगदम्बा श्री पुरस्कार’ प्रदान गरेको थियो ।
साहित्यकार तथा पत्रकार तुलसीहरि कोइरालाले शिव रेग्मीलाई श्रद्धाञ्जली दिँदै फेसबुकमा लेखेका छन्, ‘कुनै पत्रिकाको बारेमा विवाद भयो, कसैको जन्ममिति यकिन भएन, साहित्यकारका आनीबानी कस्ता थिए, साहित्यकारको पहिलो रचना कुन पत्रिकामा कहिले छापिएको थियो, लगायतका कुरा झर्को नमानी अब कसले बताइदिन्छ ? अब कसले पत्रपत्रिकाका विभिन्न अंक खाँचो पर्दा फोटोकपी गरीगरी आवश्यकता अनुसार दिन्छ ?? साहित्यिक अन्वेषक शिव रेग्मी त हुनुभएन अब । उहाँका ऐतिहासिक संग्र्रहसहितको पुस्तकालयको अवस्था के हुन्छ ?!’
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  ११:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC