site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपा सचिवालय बैठक: कार्यदलले माग्यो एक साता
Sarbottam CementSarbottam Cement

काठमाडौं । तल्ला कमिटी एकता गर्न गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ९ सदस्यीय कार्यदलले अन्तिम प्रतिवेदन तयार गर्न एक साताको समय मागेको छ । विभिन्न कारणले काम गर्न नसकिएको भन्दै कार्यदलले सचिवालयसँग एक साताको समय मागेको हो । 

नेकपा सचिवालयको आजको बैठकमा कार्यदलका संयोजक तथा सदस्यहरुलाई छलफलका लागि बोलाइएको थियो । बैठकमा कार्यदलले एक साताको समय मागेको र एक सातामा सुझाव र सिफारिससहित अन्तिम प्रतिवेदन तयार गर्ने प्रतिबद्धता व्यक्त गरेको कार्यदलका सदस्य योगेश भट्टराईले जानकारी दिए । बिहान बसेको कार्यदल र सचिवालयको संयुक्त बैठकमा कुरा राखेर कार्यदलका सदस्यहरु निस्किएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सचिवालय बैठक कुनै निर्णय नगरी सकिएको छ । कार्यदलको कुरा सुनिएको र थप समय दिने वा बाँकी काम सचिवालयले नै गर्ने भन्ने निर्णय भोलिको सचिवालय बैठकले गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठक भोलि बिहान ९ बजे बस्नेछ । 

तल्ला कमिटी एकता गर्न नेकपाले गत पुस १२ गते ९ सदस्यीय कार्यदल बनाएको थियो । सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा गठित कार्यदललाइ १५ दिनको समयसीमा तोकेर संगठनात्मक एकताको प्रस्ताव तयार पार्ने कार्यादेश दिइएको थियो । कार्यदलमा रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, बेदुराम भुषाल, लेखराज भट्ट, रघुवीर महासेठ सदस्य छन् ।

Global Ime bank

विधान परिमार्जन, प्रदेश कमिटी पुनर्गठन, पोलिट्ब्युरो गठनको प्रस्ताव, केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने कार्यादेश कार्यदलले पाएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  ११:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC