site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दोस्रो वर्षको कार्यकालमा गरिबीविरुद्ध आक्रामक मात्रै होइन आक्रमणमै उत्रिन्छौं : प्रधानमन्त्री 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको आरोप लागेका अख्तियार दुरपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले किन राजीनामा दिए भन्ने प्रश्न उठाएका छन् ।  बुधबार राति जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै उनले पाठकले आफूमाथि आरोप लागेपछि त्यसको जवाफ दिनुको सट्टा उम्किने मनसायले राजीनामा दिएको देखिएको जनाए ।

प्रधानमन्त्री ओलीले केही सांसदहरुले महाअभियोग लगाउने कुरा गर्न थालेपछि उनले राजीनामा दिएका कारण राजीनामा दिएर जोगिने वा उन्मुक्ति पाइन्छ कि भन्ने उनले अपेक्षा गरेको हुन सक्ने जनाउँदै तर कुनैपनि हिसाबले उन्मुक्ति नमिल्ने बताए ।
आफूले अहिले नै उनलाई दोषी भन्न नमिल्ने बताउँदै सम्बन्धित निकायले छानबिन गरेर ठहर गरेको अवस्थामा कारबाही हुने बताए ।

राजीनामा दिएपनि कारवाही नहुने हो कि भन्ने आम आशंकाका बारेमा प्रधानमात्री ओलीले छानबिन शुरु भइसकेको र दोषी देखिए कारबाही हुने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनको भनाई थियो, “राजीनामा खास कारणसहितको राजीनामा नै देखिन्छ । सजायबाट, कसूरबाट उम्कने प्रयास स्वरुप देखिन्छ  । तर राजीनामा गरेपनि सजाय गर्नुहुँदैन भनेर कानुनमा संविधानमा लेखेको छैन । भागेर राजीनामा दिँदैमा उन्मुक्ति हुँदैन । बरु कानुनमा अवकाश भएपनि अनुसन्धान गर्न बाधा परेको मानिने छैन भनिएको छ । कुनै बहादुरलाई कारबाही गर्ने वा नगर्ने भनेर कानुनमा तोकेको हुँदैन । तर भ्रष्टाचार प्रमाणित हुन्छ भने कारबाही रोकिँदैन । सह्य हुँदैन । भ्रष्टाचार गरेपनि कारबाही नगर्नु भन्ने सार्वभौमसत्ता जनताको भावना होइन । त्यसैले कुनै उन्मुक्ति हुँदैन ।”

प्रधानमन्त्रीले यसमा तथाकथित अस्पष्टता छ भन्नु भ्रम भएको बताउँदै राजीनामा दिँदैमा नजोगिने बताए ।

Global Ime bank

सरकार आक्रामक हुने

सरकारले दोस्रो वर्षको कार्यकाल शुरु गरेपछिको पहिलो सो कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले अब सरकार आक्रामक रुपमा अघि बढ्ने बताए । 

उनले कामको सन्दर्भमा सरकार अब एक कदम अघि बढ्ने बताउँदै भने,“सरकार अब आक्रामक हुन्छ । विकासका लागि, सुशासनका लागि, गरिबीको अन्त्यका लागि, निरक्षरता र पछौटेपन अन्त्यका लागि आक्रामक हुन्छ  । नचाहिने कुरामा पुरस्कार तोक्ने कुरामा आक्रामक हुँदैन । अलि अघि बोलेको थिएँ । अब गरिबीकाविरुद्ध अट्याक गर्दछौं । आक्रामक मात्र होइन आक्रमण गर्छौं । हुम्लामा बाटो पुग्न बाँकी छ । हामी अट्याक गर्छौ । त्यहाँ बाटो पुर्याउँछौं ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  ०७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC