site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
‘स्मार्ट छोरी’ अभियान सुरु 
Sarbottam CementSarbottam Cement

काठमाडौं । दस हजार किशोरी र महिलाहरुलाई डिजिटल तथा वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यका साथ खल्ती डिजिटल वालेटले आजदेखि  स्मार्ट छोरी अभियान सुरु गरेको छ ।  देशव्यापी रुपमा संचालित यस अभियानले किशोरी र महिलाहरुमाझ पुगेर उनीहरूको जीवन र समुदायमा परिवर्तन ल्याउने लक्ष्य राखेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

“नेपालको सन्दर्भमा हेर्ने हो भने अझै पनि घरका अधिकांश निर्णयहरु पुरुष सदस्यले मात्रै लिने गरेको पाइन्छ । साथै, हाम्रो देशमा पुरुषको तुलनामा महिलामा बेरोजगारीको समस्या धेरै छ । डिजिटल शीपको अभाव नै उनीहरुको क्यारियर अगाडि नबढ्नुको एउटा अड्चनको रुपमा देखिएको छ । स्मार्ट छोरी अभियानले उनीहरुलाई विभिन्न जीवन उपयोगी सीप प्रदान गरी क्षमता अभिबृद्धि गर्ने र सशक्तीकरणमा टेवा पुर्याउने लक्ष्य लिएको छ,” जारी विज्ञप्तिमा भनिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस अभियानले किशोरी र महिलाहरुमा ज्ञान र शीप प्रदान गर्नेछ जसले गर्दा उनीहरु आँफैमा स्वरोजगार भई आत्मनिर्भर बन्न, बचत गर्ने बानी बिकास गर्न र आफ्नो समुदायमा उदाहरणिय व्यक्तित्व बन्न सक्नेछन् । 

अभियानको घोषणा गर्दै ‘खल्ती’का निर्देशक तथा ’स्मार्ट छोरी’का संयोजक अमित अग्रवाल ले भने, “पछिल्लो समयमा डिजिटल नेपाल र स्मार्ट सिटीका बारेमा धेरै चर्चा हुन थालेको छ । तर अधिकांशको ध्यान भौतिक पूर्वाधार विकास गर्नेतर्फ मात्रै छ । भौतिक पूर्वाधारको विकासले मात्रै डिजिटल नेपाल कदापि सम्भव छैन । यसका लागि डिजिटल साक्षर जनशक्ति र जनसहभागिता उत्तिकै आवश्यक पर्छ । दक्ष जनशक्तिको कुरा गर्दा आधाभन्दा बढी जनसंख्या भएका महिलाहरुको भूमिका अझै प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।”

Global Ime bank

स्मार्ट छोरी अभियानमा कसरी सहभागी हुने ?

१५ देखि ३५ वर्षसम्मका किशोरी तथा महिलाहरुले ‘खल्ती डिजिटल वालेट’ एप डाउनलोड गरी उक्त एपको गृह पृष्ठमा दिइएको ‘स्मार्ट छोरी’ ब्यानरमा क्लिक गरी यो अभियानमा जोडिन सक्नेछन् । यो इ–लर्निङ प्लाटफर्म महिला प्रयोगकर्ताहरुलाई मात्रै उपलब्ध छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ८, २०७५  १८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC