site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मोरङमा टिपर चालकलाई अनिवार्य प्रहरीको प्रशिक्षण
Ghorahi CementGhorahi Cement

विराटनगर । अत्यधिक दुर्घटनाको कारण टिपर बन्न थालेपछि मोरङ प्रहरीले यसका चालकलाई अनिवार्य प्रशिक्षण दिन सुरु गरेको छ ।

मुख्यतया ठूलो भारवहन क्षमता भएको र अत्याधिक गतिलगायतको कारणबाट मुख्य राजमार्ग र अन्य भित्री सडक खण्डहरूमा समेत दुर्घटना बढी हुन थालेपछि चालकलाई आवश्यक क्रियाकलापसहित दुर्घटना तथा क्षति घटाउने विषयमा प्रहरीले प्रशिक्षण दिन सुरु गरेको हो । 

Agni Group

बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म संचालन हुने यस कार्यक्रमअन्तर्गत प्रत्येक ट्रिपर चालकले १५ मिनेटको ट्राफिक सचेतना कार्यक्रममा सहभागी हुनु पर्नेछ । वैध सवारी चालक अनुमति पत्र नभएका ब्यक्तिलाई ट्रिपर चलाउन दिने सवारी धनीलाई ट्राफिक नियम उल्लंघनमा कारवाही गरिनेछ । उक्त कार्यक्रममा बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी, पूर्वान्चल ट्रिपर ब्यवसायी संघका अध्यक्ष गोपाल कार्कीलगायतले मन्तब्य राखेका थिए ।

मोरङ बुढीगंगा गाउपालिका वडा नम्बर ४ मा अस्थित इलाका प्रहरी कार्यालय नेमुवा मोरङको प्राङगणमा टिपरका चालकलाई बुधबार प्रशिक्षण दिइएको छ । नदीजन्य निर्माण सामग्री बोक्ने ट्रिपरबाट दुर्घटना भई धनजनको समेत क्षति हुने क्रम बढ्दै गएको परिप्रेक्ष्यमा जिल्ला प्रहरी कार्यालय मोरङले र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहभागितामा ट्रिपर चालक सचेतना कार्यक्रम आरम्भ गरिएको डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । 

Global Ime bank

भने, ‘‘दुर्घटना न्यून गर्नकै लागि चालकलाई सचेतनामा सहभागी गराइएको हो ।’’ विराटनगर महानगरपालिकाअन्तर्गत सडक निर्माणलगायत विभिन्न पूर्वाधार निर्माणको कार्य भई रहेकोले निर्माण सामाग्री बोक्ने सवारी साधनहरूको आवतजावत नियमन गर्ने कामसमेत सुरु गरिएको श्रेष्ठले जानकारी दिए । 

कार्यक्रमअन्तर्गत ट्राफिक नियम पालना गराउने, ट्रिपरबाट हुने दुर्घटना न्युनीकरण गर्ने, ट्रिपर चालकहरूलाई ट्राफिक नियम सम्बन्धी अनुशिक्षण प्रदान गर्ने, सवारी चालक अनुमति पत्र एकिन गर्ने, सवारी साधनको गति नियन्त्रण गर्ने, टिपर चालकहरूको शारीरिक तथा मानसिक अवस्था एकिन गर्ने, सवारी साधनको यान्त्रिक अवस्था एकिन गर्ने, ट्रिपर चालक तथा सवारी धनीको विवरण संकलन गर्ने, ट्रिपर ब्यवसायीहरूलाई ट्राफिक नियम सम्बन्धी अनुशिक्षण प्रदान गर्ने, मादक पदार्थ सेवन परीक्षण गर्ने, क्षमता भन्दा बढि सामान ढुवानी गरे नगरेको एकिन गर्ने, जस्ता क्रियाकलाप हुने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार के.सी.ले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ८, २०७५  २०:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC