site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भियतनाममा ट्रम्प र किमको जस्तो ‘हेयर स्टायल’ बनाउन निःशुल्क 
Ghorahi CementGhorahi Cement

एजेन्सी । भियतनामको राजधानी हनोइस्थित ले गुक हेइ नामक एक व्यक्ति आफ्नो कपालको रङ्ग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जस्तो पार्न धैर्य साथ पर्खिरहेका छन् । उनैका छेउमा रहेका अर्का एक ९ वर्षीय बालक भने उत्तर कोरियाली शाषक किम जोङ उनको जस्तो ‘हेयर स्टाइल’ मा देखिन्छन् ।

तो गिआ ह्वे नामक ती बालक भन्छन्, ‘धेरै मानिसहरुले म किम जस्तै छु भन्ने गरेका छन् । र यस्तो कपालमा त म हुबहु उनीजस्तै देखिन्छु रे । ’ उनले उत्साहित हुँदै आफूलाई ‘उन’ भन्ने उपनाम समेत दिइएको बताए । त्यस्तै ट्रम्पको जस्तै कपाल बनाउन चाहेका हेइ भने ट्याक्सी चालक हुन् । आफूलाई डोनाल्ड ट्रम्प असाध्यै मन पर्ने गरेकाले पनि उनको जस्तै रङ छनौट गरेको र एकपटक सो हेयरस्टाइल राख्न चाहेको उनले बताएका  हुन् । 

Agni Group

यसरी किम भियतनाम आउने खबरले ९ वर्षीय ह्वे अत्यन्तै खुसी भएको बताउँछन् । अर्को हप्ता तय गरिएको शिखर सम्मेलनमा नेता किम जोङ र राष्ट्रपति ट्रम्पबीच दोस्रो प्रत्यक्ष भेटवार्ता हुनेछ । यस्तोमा आफूले एकपटक भएपनि किमलाई प्रत्यक्ष देख्ने मौका पाउने आशा गरिरहेको उनको भनाइ छ । 

यसरी हनोइमा कपाल काट्ने काम गर्ने ले डुअङले दर्जनौँ ग्राहकहरुलाई किम र ट्रम्पको जस्तो हेयरस्टाइल बनाउन निःशुल्क सेवा दिइरहेका छन् । उनी भन्छन्, ‘हनोइ शान्तिको शहर हो । यसरी डोनाल्ड ट्रम्प र किम जोङ उन पनि शान्ति स्थापनाकै निम्ति यस शिखर सम्मेलनमा सहभागी हुन यहाँ आउँदैछन् भने मैले पनि यहाँका मािनसहरुको तर्फबाट यस महत्वपूर्ण बैठकलाई स्वागत गर्न केही गर्नुपर्छ जस्तो लाग्यो ।’ 

Global Ime bank

उनका अनुसार किमको कपालको शैलीले युवापन दर्शाउँछ भने ट्रम्पको हेयर स्टाइलले चाहिँ शक्तिशाली छवि प्रस्तुत गर्दछ । तरपनि आफ्ना ग्रााहकहरुमा विशेषगरी किमको हेयरस्टाइल बढी लोकप्रिय रहेको उनी बताउँछन् ।  एपी न्युज
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC