site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकाबाट आईएसकहाँ गएकी युवतीले घर फर्किने बिन्ती गर्दै लेखिन् यस्तो पत्र
Sarbottam CementSarbottam Cement

एजेन्सी । १९ वर्षको उमेरमा आइएस आइएस आतङ्ककारी समूहमा सहभागी हुन अमेरिकाको अलबामाबाट सिरिया पुगेकी होडा मुथाना पाँच वर्षपछि अहिले घर फर्किन बिन्ती गरिरहेकी छन् । पछिल्लो पाँच वर्षमा तीनजनासँग विवाह गरिसकेकी मुथानालाई अहिले भने आफ्नो निर्णयप्रति अत्यन्तै पछुतो लागिरहेको उनले बताएकी हुन् । 

संचारमाध्यम सीएनएनले उनको परिवारका एक प्रतिनिधिबाट फेला पारेको हस्तलिखित पत्रमा मुथानाले यस्तो भनेकी छन्, “जब म अमेरिका छाडेर सिरिया जाँदै थिएँ, त्यसबेला म अज्ञात, आक्रोशित र घमन्डी केटी थिएँ । त्यो समय मलाई मैले आफ्नो सबै धार्मिक मान्यता राम्रोसँग बुझेको छु भन्ने लाग्थ्यो ।”

तर दुई पतिको मृत्यु र युद्धको विनाशकारी प्रभावलाई प्रत्यक्ष महसुस गरिसकेपछि भने मुथाना आफ्नो भ्रामक संसारबाट वास्तविकतामा आएको उनी बताउँछिन् । हाल २४ वर्षीया मुथानाले थप लेखेकी छन्, “यतिका वर्ष सिरियामा गुजारा गर्दैगर्दा मैले जीवन जीउने अनेकौँ तरिका देखेँ र भोगेँ पनि । यसै क्रममा युद्धका भयानक परिणामले ममा ठूलो बदलाव ल्याएको हो । आफ्नै नजिक रगतको खोला बगेको देखेर पनि म बद्लिएको छु । आमा बन्नुले पनि मलाई परिवर्तन गरायो । साथीहरु, छोराछोरी र आफूले विवाह गरेको व्यक्ति आफ्नै अगाडि मारिएपछि पनि ममा बदलाव आएको हो ।”

Prabhu Bank
Agni Group
NIC Asia

यसरी कुनैबेला स्कुलकी लजालु छात्रा मानिने मुथानाले आइएस आइएससँग संलग्न हुने बेलामा भने खुलेआम जिहादको समर्थन गरेकी थिइन् । यति मात्र नभएर उनले ट्वीटरमा हिंसा भड्काउने किसिमका ट्वीट समेत लेखेको बताइएको छ । त्यसबेला उनी अरु अमेरिकीहरुलाई पनि आफू जसरी नै आइएसको लडाईँमा सहभागी हुन माग गरिरहेकी थिइन् । जनवरी २०१५ को एउटा पोस्टमा उनले लेखेकी छन्, “यहाँ अष्ट्रेलिया र ब्रिटेनबाट धेरै आएका छन् तर खोइ कता छन् अमेरिकी ? छिटो ब्युँझिउ सबै डरपोकहरु !”

यसरी विगतमा आइएस लडाकूहरुको समर्थनमा लगातार आवाज उठाइरहेपनि अहिले भने आफ्नो हर्कत प्रति शर्मनाक रहेको उनले फेब्रुअरी १९ मा एबिसी न्युजसँग दिएको अन्तर्वार्तामा स्वीकार गरेकी हुन् । दिनहु आफूले ती पोस्टहरु फिर्ता लिन पाए हुन्थ्यो भनि पछुताउने गरेको उनी बताउँछिन् । यसरी पश्चाताप र दुःखको चरम अनुभूति गरिरहेको बताउँदै उनले घर फर्किन हात जोडेर बिन्ती गरेकी हुन् । एबीसीसँग उनले भनेकी छन्, “अमेरिकाले मलाई कुनै खतरा नठानी अपनाउनेछ भन्ने म आशा गर्छु ।”

Global Ime bank

तर अब सायद उनी आफ्नै शर्तमा कहिल्यै पनि अमेरिका फर्कन नसक्ने बताइएको छ । अमेरिकी–इस्लामी सम्बन्धमा फ्लोरिडाको आयोगका प्रमुख तथा मुथानाको परिवारका प्रतिनिधि हसन सिब्लीका अनुसार अहिले मुथानाको परिवार कानुनी प्रक्रियामै विश्वास राख्दछ र यसैलाई अघि बढाउने पक्षमा छ । न्याय विभागले भने उनलाई कैद गर्ने वा उनी विरुद्ध मुद्दा लडिने भन्ने बारेमा कुनै प्रतिक्रिया दिएको छैन । 

यस विषयमा राज्य विभागकका प्रवक्ता रोबर्ट पालाडिनोले मंगलबार यस्तो भनेका छन्, “मैले उसको केसका बारेमा मात्र विशेष छलफल गर्न मिल्दैन तरपनि सिरियामा भएका कुनैपनि आइएस आइएसका सदस्यलाई विभागको नीति अन्तर्गत आफ्नै देश फर्काइनेछ र अन्य देशलाई पनि यसै गर्न हाम्रो आग्रह छ ।”

यसपछि रोबर्टलाई आइएस आइएसका सदस्यलाई गुआतानामो बे स्थित कैद गरि राखिनेबारे प्रश्न गर्दा भने उनले ‘आफ्नो देश फर्किन  नमिल्ने विदेशी आतङ्ककारी लडाकूहरुलाई व्यवस्थित गर्ने विषयमा अमेरिकी सरकारले विभिन्न विकल्पबारे विचार गरिरहेको बताएका हुन् । 
मुथानाका अनुसार उनी केही हप्ता अगाडि मात्र आइएसआइएसबाट भागेर उत्तरी सिरियातर्फ कुर्दिश क्षेत्रमा पुगेकी हुन् । र आफ्नो १८ महिने छोरासँग विस्थापितहरुका लागि बनाइएको एउटा शिविरमा बसिरहेकी छन् ।

उनले आफ्नो पत्रमा छोराको भविष्यबारे पनि चिन्ता व्यक्त गर्दै यस्तो लेखेकी छन्, “मैले अहिले मात्र अमेरिकामा हुँदाको स्वतन्त्रता कति महत्वपूर्ण रहेछ भन्ने बुझेँ । बम विस्फोटन, भोकमरी, चिसो र त्रासपूर्ण जीवनबीच म आफ्नो सुन्दर छोरालाई हेर्ने गर्छु र त्यसबेला मलाई यो ठाउँ वास्तवमै मेरो लागि होइन र मेरो बच्चा पनि यहाँ हुनु हुँदैनथ्यो भन्ने आभास हुन्छ ।”

तर यसबारे आतङ्ककारी खोजकर्ता सिमस ह्युगसले भने भावनामा नबहन र सतर्क रहन भनेका छन् । उनी भन्छन् , ‘हामीले उसका गलतीहरुमा यति सजिलै पर्दा हाल्न मिल्दैन । किनकी उनी वास्तवमै विदेशी आतङ्ककारी संगठनमसँग आबद्ध थिइन् ।’ 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC