site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अफगान राष्ट्रपति र अमेरिकी सेनाका कमाण्डर भेट, शान्ति वार्ताबारे छलफल
Sarbottam CementSarbottam Cement

काबुल । अफगान राष्ट्रपति असरफ घानीसँग बुधबार अमेरिकी सेनाको केन्द्रीय कमाण्डका उच्च पदाधिकारीले भेटवार्ता गरेका छन् । अमेरिकी सेनाका कमाण्डर जर्नेल जोसेफ भोटेलले भेटवार्ता गरेको अफगान राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

 भेटमा हालैका दिनमा अफगानिस्तानको शान्ति प्रक्रियाका विषयमा भइरहेका प्रगतिका बारेमा छलफल भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

उक्त कार्यालयले दिएको जानकारी अनुसार भेटका क्रममा अफगानिस्तान र अमेरिकाबीचको सम्बन्ध, शान्ति प्रक्रिया र त्यसका कारण उत्पन्न परिस्थितिका साथै अमेरिकी सेनाले अफगान सेनालाई गर्ने सुरक्षा सहयोगका बारेमा पनि कुराकानी भएको थियो । 

त्यस अवसरमा अमेरिकी सेनाले अफगान सेनालाई उपलब्ध गराउँदै आएको र गराउने सैन्य सहायताका बारेमा कुराकानी भएको थियो । त्यसैगरी सैनिक सबलीकरणका बारेमा त्यस विषयमा कुराकानी भएको बताइएको छ । 

Global Ime bank

पछिल्लो समयमा अफगान शान्ति प्रक्रियाको बारेमा तयारी भइरहेको बताइएको छ । उक्त बैठकमा पनि अपगान राष्ट्रतिले कुराकानी गरेका समाचारमा जनाइएको छ । 

त्यस अवसरमा हालसम्म अफगानिस्तानमा सशस्त्र द्वन्द्वरत तालिबान समूहसँग शान्ति वार्ताका लागि भइरहेका पहल कदमीको बारेमा कुराकानी भएको बताइएको छ । 

उक्त शान्ति प्रक्रियालाई अमेरिकाले सघाएको छ । शान्ति प्रक्रियाका लागि अमेरिकाले गरेको प्रयासस्वरुप अफगान सरकार र तालिबान नेतृत्वबीच पनि एक पटक कुराकानी भएको थियो । 

तर त्यस विषयमा खास प्रगतिको बारेमा भने कुनै जानकारी आएको छैन । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC