site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विद्यालयको पाठ्यक्रम सुधार हुँदै, यस्तो छ आयोगको सुझाव
Sarbottam CementSarbottam Cement

काठमाडौं । व्यवहारिक, जीवनोपयोगी र स्तरअनुसारको शिक्षा दिन नसकेकै कारण उच्च शिक्षाका कतिपय संकाय नै धराशायी हुने अवस्था उत्पन्न भएका बेला विद्यालयस्तरको पाठ्यक्रम सुधारको प्रयास शुरु भएको छ । यद्यपि पाठ्यक्रमका लागि विषयको छनौट चुनौतीपूर्ण रहेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०७५मा उल्लेख छ । 

पाठ्यक्रम विकास केन्द्रले प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मको विद्यालय शिक्षाको पाठ्यक्रम प्रारुप विकास गर्ने कार्य प्रारम्भ गरेको जनाएको छ । तर, पाठ्यक्रमको सन्दर्भमा भने विद्यालय शिक्षाका विभिन्न तहका उद्देश्य निर्धारण गर्नु चुनौतीपूर्ण देखिएको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमा उल्लेख छ ।

विज्ञको निर्णयमा पाठ्यक्रम
आयोगको प्रतिवेदनमा विद्यालय तहमा सक्षमतामा आधारित पाठ्यक्रमको अभ्यास गर्ने प्रयास गरे तापनि समाजको परिवर्तन र विकासको चाहना तथा आवश्यकता, व्यक्तिको रुचिलगायत विश्वव्यापीकरणको परिवेश अनुरुप शिक्षाको भूमिका के हुने, विद्यालयका विभिन्न तह पूरा गरेका विद्यार्थीले केकस्तो ज्ञान, सीप अभिवृद्धि र क्षमता हासिल गर्नुपर्ने हो भन्ने कुराको निर्धारण गरी विद्यालय शिक्षाका विभिन्न तहका उद्देश्य निर्धारण गर्ने कार्य चुनौतीपूर्ण देखिएको उल्लेख गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीय पाठ्यक्रम बाहेक अन्य पाठ्यक्रम तथा पाठ्यपुस्तक विकासको कार्य पाठ्यक्रम विकास केन्द्रले गर्छ । आयोगले पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास तथा परिमार्जनमा विषय शिक्षक, प्राध्यापक र सम्बन्धित विशेषज्ञको संलग्नता भएपनि यस कार्यलाई अनुसन्धानमा आधारित बनाउन नसकी विज्ञको निर्णयमा आधारित गरिएको देखिएको उल्लेख छ ।

आयोगले सन्दर्भ सामग्रीको नाम दिई पाठ्यक्रम विकास केन्द्रले स्वीकृति दिएका पुस्तकहरु पाठ्यपुस्तककै रुपमा अधिकांश संस्थागत र केही सामुदायिक विद्यालयले प्रयोग गर्ने गरेकोसमेत उल्लेख गरेको छ । त्यस्तै बहुपाठ्यपुस्तकको नीति तय गरिएपनि अनौपचारिक रुपमा कार्यान्वयमा नल्याइएको उल्लेख गरेको छ ।

Global Ime bank

के हो पाठ्यक्रमको उद्देश्य ?
शिक्षाविद् धनञ्जय अधिकारी पाठ्यक्रमको माध्यमबाट शिक्षाका राष्ट्रिय, सामुदायिक र वैयक्तिक उद्देश्य पूरा गर्ने अपेक्षा गरिने बताउँछन् । यसले लोकतन्त्रनिष्ठ र व्यवहारिक नागरिक उत्पादन गर्न मद्दत गर्ने बताउँदै शिक्षाविद् अधिकारीले विद्यालय संरचना परिवर्तन र संघीय संरचना अनुकूल हुने गरी विद्यालय शिक्षाको पाठ्यक्रमको पुर्नसंरचना गर्नु आवश्यक रहेको जनाए । 

विद्यालय तहको विद्यमान पाठ्यक्रम २०६३ सालमा तयार गरी २०७१ मा सामान्य परिमार्जन गरी राष्ट्रिय पाठयक्रम प्रारुपकै आधारमा व्यवस्थित गरिएको भनिएपनि कक्षा ११ र १२ लाई विद्यालय तहको पाठ्यक्रममा पूर्ण रुपमा समायोजन नगरी तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद्ले तयार गरेको उच्च शिक्षाको तयारी उन्मुख पाठ्यक्रम नै कार्यान्वयनमा रहेको छ ।
शिक्षालाई सान्दर्भिक, व्यवहारिक तथा रोजगारमुखी बनाउन ज्ञान, विज्ञान र प्राविधिमा भएको विकासलाई आत्मसात गरी आवश्यकताअनुसार स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकुलको शिक्षा प्रदान गर्न आवश्यक रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसका साथै आधारभूत तहको कक्षा १ देखि ७ सम्म निरन्तर विद्यार्थी मूल्यांकन प्रयोग गरिएको भनिए पनि सिकाइ सुधार गर्ने प्रयोजनका लागि प्रभावकारी रुपले मूल्यांकनको प्रयोग नभएको शिक्षाविद्हरुको तर्क रहेको छ । 

विद्यार्थी मूल्यांकनलाई शिक्षण सिकाई प्रक्रियाको रुपमा विकास गरी सिकाइमा सुधार गर्नुपर्ने महत्वपूर्ण कार्यलाई प्रभावकारी बनाउन सकिएको नदेखिएको प्रतिवेदनमा उल्लेख छ । 

विषय क्षेत्रको छनौट नै चुनौतीपूर्ण
आयोगले पाठ्यक्रमको लागि विषय क्षेत्रको छनौट नै चुनौतीपूर्ण देखिएको जनाएको छ । विश्वमा विस्तार भएको ज्ञानको स्वरुप, शैक्षिक दर्शन, समाजको आवश्यकता लगायत सिकारुको रुचि र आवश्यकतालाई ध्यान दिई विषय क्षेत्रको छनौट गर्नुपर्नेमा विषय क्षेत्रको विविधता र विस्तारले निश्चित आधारका विषयक्षेत्र छनौट गर्नु चुनौतीपूर्ण देखिएको औल्याएको छ ।
यसका साथै आयोगले बदलिँदो परिवेशमा एसटीइएम (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) जस्ता विषय पाठ्यक्रममा अपेक्षित समावेश हुन नसकेको समेत उल्लेख गरेको छ ।

यस्तो छ पढाइँदै आएको पाठ्यक्रम
पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता खुबीराम अधिकारीले हाल कार्यान्वयमा रहेको विद्यालय स्तरको पाठ्यक्रम अन्तर्गत कक्षा १ देखि १० सम्म नेपाली भाषा, अंग्रेजी, गणित, सामाजिक अध्ययन र विज्ञान विषय अनिवार्य विषयका रुपमा समावेश गरिएको बताए । उनले कक्षा १ देखि ५ सम्म एक स्थानीय विषय मातृभाषासहित अन्य विषयमा २० प्रतिशतसम्म स्थानीय विषयवस्तु समावेश गर्न सकिने व्यवस्था रहेको जानकारी दिए । 

त्यस्तै कक्षा १ देखि ३ मा सामाजिक अध्ययनमा सिर्जनात्मक कला र विज्ञानमा वातावरण समावेश गरिएको छ । त्यसैगरी, कक्षा ४ र ५ मा विज्ञानमा वातावरण समावेश गरी स्वास्थ्य तथा शारीरिक शिक्षा र सिर्जनात्मक कलालाई अलग्गै विषयको रुपमा समावेश गरिएको छ । त्यसैगरी ६ देख ८ मा भने सामाजिक तथा जनसंख्या शिक्षा एक विषय र विज्ञान तथा वातावरणलाई अर्को एक विषयका रुपमा समावेश गरिएको छ । नैतिक शिक्षा र पेसा, व्यवसाय तथा प्रविधि गरी थप दुई विषय समावेश गरिएको छ । कक्षा ९ र १० मा पाँच वटा अनिवार्य विषय बाहेक दुई वटा ऐच्छिक विषय समावेश गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ८, २०७५  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC