site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गृहमन्त्री भन्छन्– सुन तस्करको सञ्जाललाई सरकारले ध्वस्त पारिसक्यो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुन तस्करीको सञ्जाललाई सरकारले ध्वस्त पार्न सफल भएको दाबी गरेका छन् । राष्ट्रियसभाको शून्य र विशेष समयमा राष्ट्रियसभा सदस्यहरुले उठाएका समसामयिक विषयका बारेमा बुधबार बसेको राष्ट्रियसभाको बैठकमा जवाफ दिँदै गृहमन्त्री थापाले यस्तो बताएका हुन् । 
गृहमन्त्री थापाले शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको पनि बताए । गृहमन्त्री थापाले भने, ‘‘सुन काण्डको सवालमा सुन तस्करीमा संलग्न ठूला माछाहरु मूलभूत रुपमा नियन्त्रणमा आइसकेका छन् । केही जाल बाहिर छन् । जालबाहिरका माछालाई पनि समात्ने र जालमा ल्याउने प्रक्रिया जारी छ ।” गृहमन्त्री थापाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नहरुको खोजी भइरहेको तथा अपराधी पत्ता लगाउन उदासिनता देखाउने प्रहरीमाथि पनि कारवाही भएको बताए । गृहमन्त्री थापाले घटनाको प्रमाण लोप गर्ने प्रहरी अधिकारीमाथि अनुसन्धान जारी रहेको भन्दै निष्कर्ष आएपछि थप कारवाही गरिने बताए । 
गृहमन्त्री थापाले राजनीतिक आन्दोलनमा मृत्युवरण गरेका सर्वसाधारणलाई छिटै सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए । यातायात क्षेत्रको सिण्डिकेट पनि कानुनी रुपमा अन्त्य भइसकेको भन्दै अन्य क्षेत्रमा देखिएको सिण्डिकेट पनि अन्त्य गर्दै लगिने गृहमन्त्रीले बताए । सिंहदरबार प्रवेशलाई सहज बनाउन गृह मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने काम गरिरहेको गृहमन्त्री थापाले बताए । 
लिटिल बुद्धको रुपमा चिनिएका राम बहादुर बम्जनको बारेमा सरकारले गम्भीर रुपमा लिई छानविन गरिरहेको गृहमन्त्री थापाले स्पष्ट पारे । राष्ट्रियसभा सदस्य कोमल ओलीले आफूलाई लिटिल बुद्ध भनेर देखाउँदै आएका राम बहादुर बम्जनले महिला माथि दुर्व्यवहार गरेका घटना बाहिर आउँदा पनि उनीमाथि किन कारवाही हुन सकिरहेको छैन भनी उनीमाथिको छानविन प्रक्रियाबारे जिज्ञासा राखेकी थिइन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ८, २०७५  १५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC