देश
काठमाडौं । ढाडको मांशपेशीमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका चर्चित भारतीय गायक सोनु निगम आज बुधबार डिस्चार्ज भएका छन् । उनी हिजो दिउँसो अस्पताल भर्ना भएका थिए ।
उनलाई अस्पतालका डा. प्रवीण नेपाल र डा. पंकज जलानको टोलीले उपचार गरेको थियो । पोखरामा गीत रेकर्डिङ गराइरहेका निगमको ढाडमा समस्या देखिएपछि काठमाडौं ल्याइएको थियो । उनी आजै स्वदेश फर्किने बताइएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन ८, २०७५ १४:२८
प्रतिक्रिया दिनुहोस्