site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेविसंघमा ३२ वर्षमुनिको तदर्थ समिति गठन गर्न माग, देउवाले भने– सबै कुरा बुझेको छु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले समूहले ३२ वर्ष मुनिको तदर्थ समिति ल्याउन शीर्ष नेताहरुलाई दबाब दिएका छन् । उनीहरुले बुधबार बिहान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता अजुननरसिंह केसीलाई भेटेर ३२ वर्ष मुनिको नेविसंघको तदर्थ समिति गठन गर्न दबाब दिएका हुन् । 
आफूहरुले सभापति देउवा, वरिष्ठ नेता पौडेल र नेता केसीको निवासमै गएर नेविसंघको तदर्थ समिति ३२ वर्ष मुनिको ल्याउन आग्रह गरेको काफ्ले निकट निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । उनले नेताहरुलाई स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) सभापति र नेविसंघको इकाई अध्यक्ष स्वतः केन्द्रीय प्रतिनिधि हुन पाउने व्यवस्था गर्न पनि माग गरेको बताए । 
‘‘स्ववियू सभापति र नेविसंघको इकाई अध्यक्ष केन्द्रीय प्रतिनिधि नहुने व्यवस्था विधानमा गरिएको छ । त्यसलाई हटाएर स्ववियू सभापति र इकाई अध्यक्ष स्वतः केन्द्रीय प्रतिनिधि हुन पाउने गरी विधान संशोधन गरिनुपर्ने माग गर्यौं,’’ भट्टले भने ।   
विधानमा उल्लेखित ३२ वर्षभन्दा माथिको तदर्थ समिति ल्याए समानान्तर समिति गठन हुन सक्ने भन्दै विद्यार्थीहरुले सभापति देउवालाई यस्तो अवस्था सिर्जना हुन नदिन पनि आग्रह गरेका छन् । जवाफमा सभापति देउवाले आफूले सबै कुरा बुझेको प्रतिक्रिया दिएको बताइएको छ । ‘‘सभापतिज्यू बाहिर निस्किँदै गर्दा हाम्रो भेट भयो । उहाँसँग संक्षिप्त कुरा राख्दा मैले कुरा बुझिसक्या छु भन्ने प्रतिक्रिया दिनुभयो,’’ भट्टले भने । 
उनीहरुले पौडेल र केसीलाई ३२ वर्ष माथिको तदर्थ समिति गठन गरिए समानान्तर समिति गठन गर्ने र समानान्तर समिति गठनका लागि आयोजना गरिने भेलामा अतिथिका रुपमा उपस्थित हुनुपर्ने पनि आग्रह गरेका छन् ।  
‘‘वरिष्ठ नेता र केसीलाई ३२ वर्ष माथिको तदर्थ समिति आयो भने हामीले ३२ वर्ष तलको अर्को समिति बनाउँछौं । त्यसको अतिथि बनेर आउनका लागि उहाँहरुलाई  निम्तो दियौं,’’ पूर्व केन्द्रीय सदस्य भट्टले भने, ‘‘सक्नु हुन्छ भने ३२ तलको तदर्थ समिति ल्याउनुस्, होइन भने हामीले गर्ने भेलाको अतिथि बनेर आउनुस् भन्यौं ।’’ 
जवाफमा पौडेलले सभापति देउवासँग यस विषयमा अहिलेसम्म कुनै औपचारिक रुपमा छलफल नभएको र केन्द्रीय समितिमा पनि विषय प्रवेश नभएको प्रतिक्रिया दिए । उनले केन्द्रीय समितिमा नेविसंघको बारेमा छलफल हुँदा विद्यार्थीहरुको मागलाई महत्वपूर्ण ढंगले उठाउने आश्वासन दिएका छन् । 
यस्तै नेता केसीले विद्यार्थी नेताहरुलाई विधान विपरित ३२ वर्ष माथिको तदर्थ समिति गठन गरिए ३२ वर्ष मुनीका विद्यार्थीहरुले गर्ने हरेक ‘मुभमेन्ट’ मा साथ दिने प्रतिवद्धता जनाएका छन् ।   


 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ८, २०७५  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC