site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निर्मलाको डीएनए परीक्षणका लागि नमुना अमेरिका पठाइने !
Ghorahi CementGhorahi Cement

काठमाडौं । कञ्चनपुर भीमदत्तनगर–२ कि बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया किशोरी निर्मला पन्तको डीएनए परीक्षणका लागि अमेरिका पठाइने भएको छ ।  प्रहरी उच्च स्रोतका अनुसार यसका लागि आवश्यक प्रक्रिया सुरु गरिएको छ । 
डीएनको वैधानिकतामै प्रश्न उब्जिएपछि प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट अमेरिका पठाइन लागेको स्रोतले बतायो । 

यसअघि राष्ट्रिय मानव अधिकार आयोगले पनि डीएनएको वैधानिकतामाथि प्रश्न उठाएको थियो ।  निर्मला पन्तको बलात्कार र हत्याका मुख्य अभियुक्त पत्ता लगाउने मुख्य प्रमाण ‘इलेक्ट्रोफेरोग्राम’ परीक्षणको प्रक्रियामाथि पनि प्रश्न उठेको छ । 

Agni Group

विज्ञहरुले डिएनएको समग्र संकलन प्रक्रियाका लागि विज्ञ समुह गठन गर्न सुझाव दिदै आएका छन् । स्रोतका अनुसार ‘इलेट्रोफेरोग्राम’ लाई अमेरिका पठाइनेछ । यसबारे डीएनए विज्ञहरुसँग छलफल भइरहेको स्रोतले बतायो ।  स्रोतका अनुसार प्रहरीकोे विधि विज्ञान प्रयोगशालामा ‘अटोसोमल एसटीआर’ निकाल्ने उपकरण मात्रै रहेको र अन्य उपकरण नरहेपछि विस्तृत रिपोर्टका लागि अमेरिकाको ल्याबमा पठाउन लागिएको हो ।

प्रहरीको प्रयोशालामा भेजाइनल स्वाबबाट निकालिएको नमुना बाँकी नराखिएको अधिकारीहरुले बताउँदै आएका छन् । नमुना निकै कम भएकाले त्यसको संरक्षण गर्न नसकिएको प्रहरी अधिकारीको तर्क छ । तर विज्ञहरुले भेजाइनल स्वाबबाट निकालिएको नमुना सुरक्षित नराख्नु गम्भीर गल्ती भएको बताउँदै आएका छन् । 

Global Ime bank

प्रहरीका अनुसार निर्मलाको योनीको बाहिरी, मध्य र भित्रि भागबाट तीन फरक–फरक स्वाबको नमुना परीक्षण गरिएको थियो । निर्मलाको भेजाइनल स्वाबबाट निकालिएको नमुना प्रहरीको विधि विज्ञान प्रयोगशालामा मात्रै परीक्षण गरिएको थियो ।  विज्ञले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा किन परीक्षण गर्न पठाइएन भन्दै प्रश्न उठाउँदै आएका छन् । स्रोतका अनुसार प्रहरीकै प्रयोशालाबाट कमजोरी भयो कि भन्नेतर्फ पनि अनुसन्धान सुरु गरिएको छ । 

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार डीएनए नमुना बाँकी नुहँदा अनुसन्धान जटिल बन्ने सम्भावना छ । एक अधिकारीले भने, ‘‘हामी सबै कुरामा सचेत रहँदै प्रयोशालाबाट आएको रिपोर्टलाई थप बलियो बनाउन खोजेका हौं । केही जटिलताहरु भने पक्कै छन् ।’’ 
गत साउन १० गते साथीको घरमा निस्कीएकी निर्मला साउन ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् । 

उनको बलात्कारपछि हत्या गरिएको पुष्टि भएपनि हत्यामा संलग्नको पहिचान हुन सकेको छैन ।  केन्द्रीय अनुसन्धान ब्युरोको विशेष टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।  प्रहरीले अनुसन्धान साँघुरिँदै गएको बताउँदै आएको छ । प्रहरीले समातेका संकास्पद व्यक्तिले अभियोग स्वीकार गर्ने तर डीएनए नमिल्ने भएपछि अनुसन्धानमा जटिलता थपिएको हो । 

कञ्चनपुरमा रहेको विशेष अनुसन्धान टोलीले ‘म्यान्युअल’ अनुसन्धानमा जोड दिएको छ । पछिल्लो समय आसपासका गाउँका प्रत्येक घर र घरका सदस्यको लागत (रेकर्ड लिने ) कार्य प्रहरीले गरिरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ८, २०७५  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC