site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कुकुरलाई किन प्राथमिकतामा राख्छन् अमेरिकी राष्ट्रपति उमेदवारहरु !
Ghorahi CementGhorahi Cement

एजेन्सी । २०२० को अमेरिकी राष्ट्रपति चुनावमा उमेदवारी दिनेको भीड अहिले नै बढिसकेको छ । जसमा अधिकांशले राष्ट्रपति ट्रम्पका कमजोरी र विवादित पक्षहरुलाई सुधार्ने वाचा गरिरहेको देख्न सकिन्छ ।  तर यस क्रममा जनताको मन रिझाउन धेरैले आफूले पालेका कुकुरलाई पनि प्रमुख हतियारका रुपमा प्रयोग गरिरहेको पाइएको छ । 

हाल ६८ प्रतिशत अमेरिकीहरुको घरमा घरपालुवा रहेका छन् जसमा पनि  ६२ प्रतिशतले कुकुर पालिरहेको तथ्याङ्क रहेको छ । यस्तोमा कुकुर पाल्ने उमेदवारहरुले तुलनात्मक रुपमा बढी पारिवारिक समर्थन पाउने गरेको देखिएको छ । जसकारण नै राजनीतिक गतिविधिहरुमा घरपालुवा जीवजन्तुलाई विभिन्न तरिकाले संलग्न गराइने गरिएको पाइन्छ । 

Agni Group

वास्तवमा यसको सुरुवात अमेरिकाका ३१ औँ राष्ट्रपति हर्बट हुभरले गरेका हुन् । आफ्नो कठोर सार्वजनिक छबि सुधार्न उनले कुकुरलाई पनि राजनीतिमा प्रवेश गराएका थिए । यस अन्तर्गत उनले १९९८ को चुनावमा दुई हात जोडेर भोट मागिरहेको कुकुरसँगको तस्बिर सार्वजनिक गरेका थिए जसपछि उनले जित हासिल गरेका हुन् । 

तर डोनाल्ड ट्रम्प भने १०० वर्षमा कुनैपनि घरपालुवा बिना ह्वाइटहाउसमा बस्ने पहिला राष्ट्रपति हुन् । यसकारण पनि उमेदवारहरुले आगामी चुनाव प्रचार अभियानमा कुकुरलाई बढी नै प्राथमिकता दिइरहेको पाइएको छ ।  

Global Ime bank

गत महिनामा मात्र सिटेनर एलिजाबेथ वारेनले पति सँगसँगै आफ्नो कुकुर बेलीलाई पनि सार्वजनिक गरेकी थिइन् । पतिले उपहारमा दिएको बताएपछि बेलीको खुब चर्चा भएको हो । त्यस्तै साउथ बेन्ड, इन्डियानाका ३२ औँ मेयर पिट बटिगेइगले पनि गत वर्ष आफ्नो कुकुरको भिडियो ट्वीटरमा पोस्ट गरेका थिए भने न्युयोर्ककी सिनेटर क्रिस्टिन गिलिब्रान्डले पनि आफ्नो नयाँ कुकुरलाई ट्वीटरमार्फत चिनाएकी हुन् । 

यता पूर्व उपराष्ट्रपति जो बिडनले आधिकारिक रुपमा राष्ट्रपतिका लागि उमेदवारी नदिएपनि उनको कुकुरले भने अहिले नै धेरैको मन जितिसकेको छ । केही समय अगाडि गरिएको एक सर्वेक्षणमा उनी मतदाताहरु माझ सबैभन्दा लोकप्रिय रहेको पाइएको थियो । वास्तवमा मेजर नामक सो कुकुर उनले पाल्नु अगाडि विषाक्त रसायनको शिकार भएको थियो । यसरी उद्धार गरिएपछि उनले मेजरलाई आफ्नो घरमा ल्याएका हुन् र बिडेनले त्यसको साथीका रुपमा अर्को सानो जर्मन सेप्हर्ड पनि पाल्ने बताएका छन् । 

यसैगरी कोलोराडोका पूर्व गर्भनरको उद्धार गरिएको कुकुरले पनि उनको कार्यकालमा नियमित उपस्थिति जनाउने गरेको छ । यता न्यु जर्सीका सिनेटर कोरी बुकरलाई भने चुनावी अभियानकै क्रममा एक ११ वर्षीय बालकले उनको कुकुरका बारेमा प्रश्न गरेको थियो । 

जसको जवाफमा उनले आफू राष्ट्रपति निर्वाचित भए ह्वाइटहाउसमा आफूसँगै कुकुर पनि लैजाने वाचा गरेका हुन् । उनको सो बयानपछि उपस्थित भीडले उत्साहजनक प्रतिक्रिया दिएको थियो ।  यसैगरी क्यालिफोर्नियाकी सिनेटर कमला ह्यारिसले पनि ट्वीटरमा नियमित पशु संरक्षणको समर्थनमा विधेयक ल्याउनेबारे टिप्पणी गर्ने गरेकी छन् तर आफ्नो व्यक्तिगत कुकुर भने सार्वजानिक गरेकी छैनन् । – क्वार्टज
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ८, २०७५  ०५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC