अर्थ व्यवसाय
काठमाडौं । हिमालयन बैंकको कावासोती शाखाले सवारी दुर्घटनामा परि निधन भएका आफ्ना खातावाला ग्राहक स्व. रविराज खनालकी धर्मपत्नी गीता खनाललाई दुर्घटना मृत्यु बीमा प्रदान गरेको छ । बैंकले बीमा रकम बराबरको ५ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
बैंकले आफ्ना सम्पूर्ण खातावालाको ५ लाखसम्मको निःशुल्क दुर्घटना मृत्यू बिमा गरिदिएको हुन्छ । बैंकका शाखा प्रबन्धक आत्माराम गौतमले उक्त बीमा वापतको रकम शिखर इन्स्योरेन्सका प्रतिनिधी यम काफ्लेको उपस्थितीमा मृतककी श्रीमती गीता खनाललाई हस्तान्तरण गरे ।
प्रकाशित मिति: मंगलबार, फागुन ७, २०७५ १७:५१
प्रतिक्रिया दिनुहोस्