site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लगातार घटिरहेको नेप्से मंगलबार एक्कासी कसरी बढ्यो ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । मंगलबार सेयर बजारमा नेप्से परिसूचक एकाएक बढेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गरेसँगै परिसूचक उचालिएको हो ।

पछिल्लो समय उकासिन नसकेको बजार मंगलबार एकाएक साढे २२ अंकले उचालियो । यसदिन कारोबार सुरु भएको १ घण्टासम्म बढेको बजार त्यसपछि साढे २ बजेसम्म सामान्य करिब स्थिर रहेपनि अन्तिममा उच्च सुधार आएको हो ।

Agni Group

मंगलबार नेप्से २२.४४ अंकले बढेर १ हजार १ हजार १ सय २४.९६ अंकमा कायम भयो । नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्स पनि ४.५५ अंकले बढेर २३८.९१ अंकमा पुग्यो ।

परिसूचक बढेको दिन बजारमा कारोबार रकम भने सामान्य रह्यो । बजारमा दिनभर जम्मा साढे २१ करोड रुपैयाँका सेयर किनबेच भए । यसक्रममा १ सय ६७ कम्पनीका ७ लाख १४ हजार कित्ता सेयर किनबेच भए ।

Global Ime bank

कारोबारमा आएकामध्ये सबैभन्दा धेरै कारोबार माथिल्लो तामाकोसीको भयो । माथिल्लो तामाकोसीको १ करोड २७ लाख ९३ हजार रुपैयाँको कारोबार भएको हो । कम्पनीको बजार मूल्य प्रतिकित्ता २ सय ३२ रुपैयाँ कायम भएको छ ।

यसदिन बजारमा कारोबारमा आएका सबै समूह बढेका छन् । तीमध्ये जस्वन बीमा समूह सर्वाधिक २ सय ५१.७३ अंकले बढ्यो ।चौतारी लघुवित्त र कालिका लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी करिब १० प्रतिशत कमाउँदा वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको सेयर मूल्यमा सबैभन्दा बढी १० प्रतिशतको गिरावट आएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ७, २०७५  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC