site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पूर्व आयुक्त पाठकमाथि छानबिन गर्न अख्तियारले बनायो समिति
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । घुस लिएको आरोप लागेपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकको बारेमा छानबिन गर्न अख्तियारले तीन सदस्यीय छानबिन समिति बनाएको छ । 
अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बाह्रखरीलाई जानकारी दिएअनुसार समितिले आजबाट काम थालिसकेको छ । छानबिन समितिमा को को छन् भन्ने कुरा भने सार्वजनिक गर्न नमिल्ने उनले बताए । 
पाठकमाथि ७८ लाख रुपैयाँ घुस लिएको आरोप लागेपछि उनले यही फागुन ३ गते राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा दिएका थिए । कसरी कारवाही प्रक्रिया पूरा गर्ने भन्ने बारेमा अख्तियारले महान्यायाधिवक्ताको कार्यालयसँग राय मागेकोमा सोमबार महान्यायाधिवक्ताको कार्यालयले अख्तियारले नै कारवाही प्रक्रिया अघि बढाउन सक्ने राय दिएको बताइएको छ । 
भक्तपुरस्थित नेपाल इन्जिनिरिङ कलेजको स्वामित्व विवाद विषयमा लम्बोदर न्यौपाने समूहबाट ७८ लाख रुपैयाँ घुस लिएको उनीमाथि आरोप लागेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ७, २०७५  १६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC