site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
घुस प्रकरणमा राजीनामा दिएका पाठकविरुद्ध थप कदम चाल्दै अख्तियार
Sarbottam CementSarbottam Cement

काठमाडौं । घुस लिएको आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट राजीनामा दिएका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध अख्तियारले  आजैबाट थप कदम चाल्ने भएको छ । ‘‘आजबाट केही होला । हामी परामर्शका क्रममा छौं । बाहिरबाट हेर्दा केही नभएजस्तो देखिएपनि आयोगले काम गरिरहेको छ,’’ अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बाह्रखरीसँगको कुराकानीमा मंगलबार भने । 

उनले बाहिर यतिका कुरा आएकोले अब कसैले उजुरी गरिरहनुपर्ने अवस्थासमेत नरहेको जानकारी गराए । पाठकमाथि ७८ लाख रुपैयाँ घुस लिएको आरोप लागेपछि उनले यही फागुन ३ गते राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा दिएका थिए । कसरी कारवाही प्रक्रिया पूरा गर्ने भन्ने बारेमा अख्तियारले महान्यायाधिवक्ताको कार्यालयसँग राय मागेकोमा सोमबार महान्यायाधिवक्ताको कार्यालयले अख्तियारले नै कारवाही प्रक्रिया अघि बढाउन सक्ने राय दिएको बताइएएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

राजीनामा दिएर कोही पनि पदाधिकारी दोषबाट मुक्त हुन नसक्ने भन्दै पाठकमाथि कारवाहीको माग भइरहेको छ । संविधानको धारा २३९ र भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार पाठकविरूद्ध कानुनी कारवाही अघि बढ्न सक्ने महान्यायाधिवक्ताको कार्यालयले राय दिएको आयोग स्रोतले बताएको छ । 

भक्तपुरस्थित नेपाल इन्जिनिरिङ कलेजको स्वामित्व विवाद विषयमा लम्बोदर न्यौपाने समूहबाट ७८ लाख रुपैयाँ घुस लिएको उनीमाथि आरोप लागेको थियो । घुस दिने र लिने दुवैलाई कारवाही गर्नुपर्ने सर्वत्र माग गरिँदै आएको छ ।  कारवाही प्रक्रिया ढिलो भइरहेको भन्ने आरोप लागेको सन्दर्भमा अख्तियार प्रवक्ता दंगालले बाह्रखरीसँग भने, ‘‘त्यस्तो होइन, काम भइरहेको छ । चाँडै थप प्रक्रिया अघि बढ्छ ।’’

Global Ime bank

प्रतिनिधिसभाको सोमबारको बैठकमा पनि पाठकको भ्रष्टाचार काण्डले प्रवेश पाएको थियो । भ्रष्टाचारमा मुछिएका आयुक्त पाठकले पदबाट राजीनामा गरेका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन माग गरेका थिए सांसदहरुले । उनीहरुले संवैधानिक पदमा रहेर भ्रष्टाचार गर्ने व्यक्तिले पदबाट राजीनामा दिँदैमा छुट पाउन नहुनेमा पनि जोड दिएका थिए । 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ७, २०७५  ०९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC