हैटी । हैटीमा ५ जना अमेरिकी नागरिकसहित विदेशीहरु पक्राउ परेका छन् । हैटीका विदेशमन्त्री मोचिट इडमन्डका अनुसार अवैध हतियारसहित उनीहरुलाई पक्राउ गरिएको हो । यसरी पक्राउ पर्नेमा विभिन्न देशका ८ जना मानिस रहेको हैटीका प्रहरी प्रमुख मिसेल आंगेले जनाएका छन् ।
पक्राउ परेका व्यक्तिहरुको विस्तृत विवरण भने खुलाइएको छैन । हैटीमा यही फेब्रुअरी ७ देखि व्यापक रुपमा सरकार विरोधी प्रदर्शन भइरहेको छ । प्रदर्शनका क्रममा केही मानिसको मृत्यु समेत भएको जनाइएको छ । हैटीमा राष्ट्रपति र प्रधानमन्त्रीले भ्रष्टाचार गरेकोले उनीहरुको राजीनामाको माग गर्दै आन्दोलन भइरहेको छ ।
अमेरिकी विदेश मन्त्रालयले पनि हैटीमा अमेरिकी नागरिक पक्राउ परेको जनाएपनि विस्तृत विवरण भने खुलाएको छैन । (एएफपी र बीबीसीको सहयोगमा)