site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री अझै नेकपाको केन्द्रीय सदस्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । भ्रष्टाचारको मुद्दा दर्ता गरिएका पूर्वमन्त्री बद्री न्यौपानेलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अनुशासनको कारवाही गरेको छैन । 

नेकपाको अन्तरिम विधान–२०७५ ले नैतिक पतन देखिने फौजदारी कसुर गरेको, भ्रष्ट तथा अनैतिक आचरण गरेको र भ्रष्ट वा अवाञ्छित तत्वसँग साँठगाँठ गरेको तथा राष्ट्रको हितविपरीत काम गरेको व्यक्ति पदमा रहन अयोग्य घोषणा गरेको छ । र, पदमा बहाल रहेको भए निजउपर तत्काल अनुशासनको कारवाही आकर्षण हुने उल्लेख छ ।

तर, काठमाडौंको भृकुटीमण्डपस्थित ६० रोपनी जग्गा न्यून दरमा भाडामा दिएर अनियमितता गरेको आरोप लागेका पूर्वमन्त्री न्यौपाने अझै नेकपाको केन्द्रीय सदस्य बहाल छन् । उनीमाथि अनुशासनको कारवाही गर्न पार्टीले आवश्यक ठानेको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

भृकुटीमण्डपको जग्गा अनियमितताको आरोपमा पूर्वमन्त्री न्यौपानेविरुद्ध ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपैयाँ भ्रष्टाचार र त्यत्ति नै बिगो दाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेकाले उनलाई तत्काल निलम्बन गर्नुपर्ने माग नेकपाका नेताहरूको छ ।

के भन्छ विधानले ?
नेकपाको अन्तरिम विधानको धारा–५७  (क)मा अनुशासनको कारवाहीको व्यवस्था छ । पूर्वमन्त्री न्यौपानेविरुद्ध पार्टी विधानको अनुशासनको धारा अन्तर्गत दुईवटा उपदफा आकर्षित हुने देखिन्छ । बुँदा १० मा नैतिक पतन देखिने फौजदारी कसुर गरेको, भ्रष्ट तथा अनैतिक आचरण गरेको र भ्रष्ट वा अवाञ्छित तत्वसँग साँठगाँठ गरेको तथा राष्ट्रको हितविपरीत काम गरेको पार्टी सदस्यविरुद्ध अनुशासनको कारवाही हुने उल्लेख छ । त्यस्तै बुँदा १२ मा पदीय आचरण वा पार्टी हितविपरीत आर्थिक अनुशासनहीनता वा पार्टी सम्पत्तिको हिनामिनामा संलग्न भएको व्यक्तिमाथि पनि अनुशासनको कारवाही हुने भनिएको छ ।
केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री न्यौपानेको हकमा दुवै दफा आकर्षित हुन्छ ।

Global Ime bank

धारा ५७ (क) मा उल्लेखित क्रियाकलाप गरेवापत त्यसको प्रकृति र परिणाम हेरी सदस्यको हकमा सम्बन्धित कमिटीले आलोचना गर्ने, लिखितरूपमा आत्मालोचना गराउने, चेतावनी दिने, सदस्यताबाट निलम्बन वा निष्काशन गर्ने, पार्टी सदस्यता, संगठित सदस्यताबाट निष्काशन गर्नेसम्मको
कारवाही गर्ने उल्लेख भए पनि न्यौपानेको हकमा पार्टी मौन देखिएको छ ।

नेकपाका केन्द्रीय सदस्य ठाकुर गैह्रे भ्रष्टाचार अभियोगमा मुद्दा नै दर्ता भइसकेकाले पार्टीले ‘एक्सन’ लिनुपर्ने बताउँछन् । “भ्रष्टाचार प्रमाणित भएपछि स्वतः पदमुक्त हुन्छन् । तर, मुद्दा दर्ता भएको अवस्थामा पनि पार्टीले निलम्बन गर्नुपथ्र्यो । पार्टीको बैठकमा यसबारेमा छलफल गर्ला,” उनको भनाइ छ ।

को हुन् न्यौपाने ?
बद्री न्यौपाने अध्यक्ष रहेको चुरे भावर राष्ट्रिय एकता पार्टी गत वर्षको असोज २८ गते एमालेमा विलय भएको थियो । एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदा कम्युनिस्ट पार्टीबाट आएकालाई मात्रै केन्द्रीय कमिटीमा स्थान दिने समझदारी विपरित उनी केन्द्रीय सदस्य बनेका थिए ।

केन्द्रीय सदस्यको शुरूआती सूचीमा उनको नाम थिएन । अन्तिममा युवा नेता सोभियत ढकालको नाम काटेर अन्तिममा  उनको नाम थपिएको भन्दै नेकपाका नेताहरू रूष्ट बनेका थिए ।

भ्रष्टको मुख नहेर्ने बताएका अध्यक्ष ओलीले न्यौपाने देखे भने के गर्लान् ?
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रममा ‘भ्रष्टाचारीको मुख पनि नहेर्ने बताउँदै आएका छन् । तर, आफ्नै केन्द्रीय कमिटीका सदस्यविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएकाले उनविरुद्ध कस्तो कदम चाल्छन्, हेर्न बाँकी रहेको बताउँछन् नेकपाका केन्द्रीय तहका नेता ।

“अध्यक्षज्यू हरेकजसो कार्यक्रममा भ्रष्टाचार सहन्न, हुन दिन्नँ भनेर कसम खानुहुन्छ, केन्द्रीय सदस्यविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ, अब के गर्नुहुन्छ ?,” उनको भनाइ थियो ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ६, २०७५  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC