site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कार्यदल तत्काल विघटन नगर्ने नेकपा सचिवालयको निष्कर्ष
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संगठनात्मक एकता टुंगो लगाउन गठित ९ सदस्यीय कार्यदल तत्काल विघटन नगर्ने भएको छ । एकताको बाँकी काम टुंग्याउन पुस दोस्रो हप्ता सकिएको स्थायी कमिटीले रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा कार्यदल गठन गरेको थियो । 

विधान परिमार्जन, प्रदेश कमिटी हेरफेर, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पोलिट्ब्युरो गठन, केन्द्रीय निकाय र विभागलाई पूर्णता दिन गठित ‘शक्तिशाली कार्यदल’ले दुई महिना व्यतीत गरेर अपूर्ण प्रतिवेदन बुझाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, कार्यदल विघटन गर्दा स्थायी कमिटीको म्यान्डेड अवमूल्यमन हुने ठहर गर्दै कार्यदललाई यथावत् राख्ने र उनीहरूसँग पनि छलफल गरेर एकताको बाँकी काम टुंग्याउने सचिवालयले निष्कर्ष निकालेको हो ।

“कार्यदलले सचिवालयलाई बुझाएको प्रतिवेदन पूर्ण छैन । पूरा काम नगरी कार्यदल विघटन गर्दा एकीकरण झन् अन्यौलमा पर्न सक्छ,” सोमबारको सचिवालयको बैठकपछि झलनाथ खनालले बाह्रखरीसँग सङ्क्षिप्त कुराकानी गर्दै भने, “कार्यदलका सदस्यसमेत बसेर एकता टुंग्याउने तयारी सचिवालयको छ ।”

Global Ime bank

सचिवालयको अर्को बैठक आगामी ९ गते ९ बजे बस्नेछ । बैठकमा कार्यदलका सदस्यसमेतलाई बोलाइने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

स्रोतका अनुसार कार्यदलले स्वतःस्फूर्त काम गर्न नसकेपछि अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव विष्णु पौडेल बसेर प्रदेश १ र २ का जिल्ला इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको सूची तयार पार्ने काम भित्रिरूपमा गरिरहेका थिए । 

कार्यदललाई छलेर अध्यक्षद्वय, संयोजक र महासचिवमात्रैले कार्यविभाजन प्रस्ताव तयार पर्दा असन्तुष्टि झाँगिने भयले कार्यदललाई विघटन नगरिएको स्रोतको दाबी छ ।
चौथो वरीयताका नेता खनालले पनि कार्यदलाई तत्काल विघटन गर्न नहुने र काम गर्न दिइनुपर्ने राय राखे ।

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नयाँ पार्टी नेकपा निर्माण भएको ९ महिना पूरा भए पनि एकीकरण प्रदेश तहसम्म एकता विस्तार हुन सकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ६, २०७५  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC