site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
विराटनगरमा अन्तर्राष्ट्रिय नाटक महोसव
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

विराटनगर । विराटनगरमा अन्तराष्ट्रिय नाटक महोत्सव आयोजना हुने भएको छ । काठमाडौं बाहिर प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा फागुन १५ गतेदेखि १० दिनसम्म महोत्सव आयोजना गर्न लागिएको हो । विराटनगरको आरोहण गुरुकुलको सुशीलका कोइराला नाटक घरमा एसियाका ६ देशका कलाकारले नाटक प्रदर्शन गर्नेछन् । 
आरोहण गुरुकुलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले भने, ‘‘आरोहणसहित ६ देशको प्रतिनिधित्व हुनेछ ।’’ यसमा बंगलादेश, इटाली, श्रीलंका, भारत, अफगानिस्तान र नेपालका कलाकारले नाटक देखाउने क्षेत्रीले जानकारी दिए । नाट्य क्षेत्रलाई जीवित राख्न र जनमानसमा यसप्रतिको आकर्षणलाई बुझाउन महोत्सव गर्न लागिएको आरोहण गुरुकुलले जनाएको छ ।
विराटनगर महानगरपालिको संरक्षण रहेको महोत्वसका लागि करिब २२ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । महोत्वसमा एकसय कलकारकाले आफ्नो प्रस्तुति दिनेछन् । 
महोत्वसको सुरुवात आरोहणले विराट पर्व नामक नाटकबाट हुनेछ । यो नाटक विराटनगरको भेडियारीमा अवस्थित विराट राजाको दरबारको ऐतिहासिकतासँग जोडिएको कथावस्तुमा आधारित नाटक हो । बङ्गलादेशबाट ‘मातब्रिङ’, इटालीबाट ‘डिसापारासिड ओएस ४३’, भारतबाट ‘चम्पावती’, श्रींलकाबाट ‘लभ एण्ड लाइफ’, आफगानिस्तानबाट ‘ता राहाये’ नामक नाटक मञ्चन हुनेछ । 
झोराहाट नाट्य समूह, परिवर्तन थिएटर काकरभिट्टा, थिएटर नेपाल उदयपुर र कदम थिएटर दमकको पनि प्रस्तुति रहने कलाकार अशोक गौतमले बताएका छन् । भने,‘‘महोत्सवमा स्थानीय थिएटरको सहभागितालाई पनि जोड दिइएको छ ।’’ अन्तर्राष्ट्रिय महोत्सवले पूर्वका दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ६, २०७५  १३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC