site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लुट्न सके लुट् जस्ताको त्यस्तै अपलोड गर्न लोक तथा दोहोरी गीत प्रतिष्ठानको माग 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले पशुपति शर्माको गीत ‘लुट्न सके लुट्’ जस्ताको त्यस्तै अपलोड गर्न आग्रह गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी र महासचिव सुवास केसीले जारी गरेको प्रेस विज्ञप्तीमा “पशुपति शर्माको गीतमा प्रयोग भएका शब्दमा कलाकार आफैँलाई फेर्न योग्य लागेर गीत हटाउनुभएको हो भने त्यो उहाँको निजी स्वतन्त्रताको कुरालाई संस्था सम्मान गर्दछ तर कुनै दबाब या कुनै धम्कीको कारणले हटाउनुभएको हो भने गीतलाई जस्ताको त्यस्तै पुनः अपलोड गर्नुहुन संस्था अनुरोध गर्दछ । त्यसपछि आइपर्ने विवाद, वार्ता र छलफलद्वारा समाधान हुनुपर्छ र त्यसको अगुवाई गर्न संस्था तयार रहेको छ ।”

विज्ञप्तीमा कलाकारलाई कुनै पनि शक्तिद्वारा दिइएको जुनसुकै किसिमको दबाबको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले भ्रत्सर्ना गरेको छ । लोक गायक पशुपति शर्माको गीत सत्तारुढ दलको भ्रातृ संगठनको दबाबपछि युट्युबबाट हटाइएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  १८:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC