site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भ्रष्टाचारमा छलाङ्, बयलगाढामा सगरमाथा चढिन्न 
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै सबैभन्दा ठूलो अयोग्यताको शिकार भएको टिप्पणी गरेको छ ।  नेकपा नेतृत्वमा सरकार गठन भएको एक वर्षिय कार्यकालको समीक्षा गर्दै कांग्रेसले शान्ति, संविधान र निर्वाचनपछि इतिहासकै सबैभन्दा सहज र सुन्दर वर्ष इतिहासकै सबैभन्दा ठूलो अयोग्यताको शिकार भएको टिप्पणी गरेको हो । 

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर कांग्रेसले सरकारको समीक्षाका क्रममा लामो यात्राको प्रारम्भ पहिलो पाइलाबाट नै हुने भन्दै पहिलो पाइलामै डग्मगाएर टेक्दा बाँकी यात्राबारे चित्र स्पष्ट भएको जनाएको छ । ‘‘सहज राजनैतिक वातावरण र दुई तिहाइको गणितका वावजुद एक वर्षको तीन सय ६५ सुनौला दिनलाई सरकारले व्यर्थमा व्यय गरेको छ । वर्ष दिनमा १२ पाइलामा आगामी दिनको सुन्दर संकेत सरकारले दिन सकेन,’’ पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने ।  

केपी ओली नेतृत्वको सरकारले एक वर्षको अवधमिा विश्वसनियता गुमाएको कांग्रेसको दाबी छ । कांग्रेसले मधेश मुद्दामा संविधान संशोधनको विश्वास खण्डित हुन पुगेको, डा. गोविन्द केसीसंगको सम्झौतामा विश्वास तोडिएको, निर्मला पन्त हत्या प्रकरणमा न्यायका लागि गरिएको विशवासलाई कुण्ठित गरिएको, बुढी गण्डकीमा विश्वासघात गरिएको र कांग्रेसको कर्ममा श्रेयको दावी गरेर सरकारले विश्वसनियता गुमाएको दाबी गरेको हो ।  

Agni Group

‘‘सरकारसँग नागरिकको मूल अपेक्षा शान्ति सुरक्षा, सुलभ बजार मूल्य र उप्रतिको भरोसा र विश्वासको हुन्छ,’’ पत्रकार सम्मेलनमा प्रवक्रा शर्माले बुँदागत रुपमा सरकारले गुमाएका विश्वास प्रस्तुत गर्दै भने, ‘‘यी तिनै सन्दर्भमा सरकार असफल भएको छ । अनेक पक्षको अनेक विश्वासलाई विसर्जित गर्नमा त यो एक वर्षमा सरकारले विशिष्ट श्रेणीको अंक हासिल गरेको छ ।’’

कांग्रेसले गएको एक वर्षको अवधमिा सरकार सैद्धान्तिक विचित्रताको दोबाटोमा उभिएको दाबी गर्दै लोकतान्त्रिक आवरणमा रहेर अधिनायकवादी आचरण देखाएको पनि आरोप लगाएको छ ।  सरकारले आफ्नो राजनैतिक र सैद्धान्तिक दर्शनलाई बिना कुनै द्विविधामा रहेर प्रष्ट भाषामा प्रस्ट्याउनु पर्ने भन्दै प्रवक्ता शर्माले वर्तमान सरकारले त्यसलाई प्रस्ट्याउन नसकेको बताए । 

Global Ime bank

‘‘दुई भिन्न पृष्ठभूमिबाट आएका कम्युनिष्ट दर्शन भित्रैपनि भिन्न दुई धार समाएका, भिन्न दुई शैली बोकेका, मुद्धागत र विषयगत रुपले पनि भिन्न दुई प्रवृत्ति अंगालेका एमाले र माओवादी पार्टीको सैद्धान्तिक र राजनैतिक प्रस्तावना बारे देशले इमान्दार प्रष्टोक्ती र एकिकृत मुर्त दस्तावेज प्राप्त गरेको छैन,’’ उनले भने, ‘‘यो अन्यौल र अन्तरविरोधको प्रष्ट प्रभाव वितेको एक वर्षमा सरकारको कामकारवाहीमा देखिएको छ ।’’ 

जनताको मतबाट निर्वाचित भएको सरकार गम्भीर सैद्धान्तिक अलमलमा रहनु दुःखद मात्रै नभएर नागरिक मतको अवहेलना, आफ्नै कार्यकर्ताको रगत–पसिनाको अवमूल्यन र देशप्रतिको गम्भीर धोखाघडी समेत भएको शर्माको भनाइ थियो । 

कांग्रेसले अभिव्यक्तिको शैली, कार्यशैली र विभिन्न कामहरुले सरकारको नेतृत्व र सरकारको अधिनायकवादी आचरण प्रष्ट भएको कांग्रेसको दाबी छ । कांग्रेसले सरकार अधिनायकवादतर्फ गइरहेको आरोप लगाउँदै सरकारका अभिनायकवादी चरित्रहरु पनि उदाहरणसहित पत्रकार सम्मेलनमा पेस गरेको छ ।  

प्रमुख प्रतिपक्षी दल विपक्षी होइन भन्ने प्रधानमन्त्रीको टिप्पणी, मूल्यबृद्धि बारे ‘आफु सानो छँदा ९० रुपैयाँ तोला सुन पाइन्थ्यो’ भन्ने हलुका जवाफ, ‘तीन करोड मान्छे भएको देशमा एक–दुई जना असन्तुष्ट भै हाल्छन् नि’ भनेर डा. केसीको अनशन प्रकरणमा दिइएको ओठे जवाफले सरकार अधिनायकवाद तर्फ उन्मुख रहेको कांग्रेसको दाबी छ ।  

प्रतिपक्षी कांग्रेसले सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहालले संघीय संसदमा राखेको ‘लोकतन्त्रका कारण काम गर्न कठिन भएको नत्र ड्याम ड्याम निर्णय गरेर जान सकिन्थ्यो’ भन्ने अभिव्यक्तिलाई पनि अधिनायकवाद उन्मुख भनेको छ । 

सरकारले एक वर्षको अवधिमा प्रेस स्वतन्त्रतामा अंकुश लाग्ने फौजदारी संहिताका केही प्रावधान सच्याउने दिशामा कुनै पहल नगरेको भन्दै कांग्रेसले सरकारबाट प्रेसलाई थप नियन्त्रित र निरुत्साहित गर्ने अनेक प्रयास भइरहेको पनि टिप्पणी गरेको छ । 

सरकारले वितेको एक वर्षमा संघीयतालाई संस्थागत गर्न बाँकी रहेका कार्यभार पूरा गर्न अलमल र ढिलाई गरेर विताएको पनि कांग्रेसको भनाइ छ । कांग्रेसले संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा गरिएको निर्णयलाई उदाहरणका रुपमा प्रस्तुत गर्दै सरकारले संविधान मिचेर अगाडि बढेको आरोपसमेत लगाएको छ ।  

‘‘संसदको कारवाही सञ्चालन गरिँदा सम्भव भएसम्म सन्तुलनको सिद्धान्त र व्यवहार पालना हुन सकोस् भन्ने अभिप्रायका साथ संविधानमा प्रवन्ध गरिएको थियो, संसदमा सभामुख र उपसभामुख फरक दलको हुनेछन्,’’ प्रवक्ता शर्माले भने, ‘‘धारा ९१ को उपधारा २ मा गरिएको सो व्यवस्था कार्यान्वयन नगरेर सत्तापक्षले जुन मनोवृत्ति प्रस्तुत गरेको छ त्यो लोकतान्त्रिक संस्कार अनुरुपको व्यवहार किमार्थ होइन ।’’

कांग्रेसले सरकार आवरणमा लोकतन्त्र र आचरणमा अधिनायकवाद बोकेर अघि बढ्न खोजेको दाबी गर्दै लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनुनै लोकतान्त्रिक चरित्रको हुनु किमार्थ नभएको टिप्पणी गरेको छ । उसले वितेको एक वर्षको अवधिमा प्रधानमन्त्री ओलीमा कुशल शासकीय क्षमता नै नभएको दाबी समेत गरेको छ । 

‘‘कुनै पनि मुलुकका नागरिकको आफ्नो प्रधानमन्त्रीसँग विशेष अपेक्षा हुन्छ शासकीय योग्यताको । तर इतिहासमै सबैभन्दा सहज राजनैतिक वातावरण प्राप्त भएर पनि वर्तमान प्रधानमन्त्रीले वितेको एक वर्षमा कुशल शासकीय क्षमता प्रर्दशीत गर्न सक्नु भएन,’’ प्रवक्ता शर्माले नागरिकले प्रधानमन्त्रीबाट जिम्मेवार शासनको अपेक्षा गरेको भन्दै थपे, ‘‘रमाइला, आवेग भरिएका, हलुका अभिव्यक्ति र उपदेश छाँटिएका, सपनाका हवाई उडान गरिएका, राम्रै मनोरञ्जन दिएका उहाँका छोटा–लामा निकै भाषणहरु चर्चामा रहे ।’’

इतिहासमा बोली नभएर व्यक्तिको कर्म लेखिने शास्वत सत्य बुझ्न नसक्दा बितेको एउटा वर्षमा व्यवहारिक गम्भीरता र शाशकीय योग्यताको विकास तर्फ प्रधानमन्त्रीको क्षमता नदेखिएको टिप्प्णी गर्दै कांग्रेसले त्यसबाट आगामी चार वर्षका लागि पनि चुनौतीको संकेत गरेको पनि प्रष्ट पारेको छ । एक वर्षको अवधिमा सरकारले कुटनैतिक परिपक्वता पनि नदेखाएको कांग्रेसले आरोप लगाएको छ । 

प्रतिपक्षी कांग्रेसले एक वर्षको अवधिमा सरकारले भ्रष्टाचारमा क्रान्तिकारी छलाङ मारेको पनि आरोप लगाएको छ । सरकारले एक वर्ष पूरा हुँदै गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो अभिव्यक्तिले सरकारको एक वर्षे समिक्षाको संक्षिप्त निस्कर्षको रुपमा पर्याप्त भएको प्रवक्ता शर्माले बताए । राष्ट्रपति भण्डारीले केही दिन अघि एक कार्यक्रममा ‘भ्रष्टाचार संस्थागत ढंगले भइरहेको सुनेकी छु’ भन्ने अभिव्यक्ति दिएकी थिइन् । 

वाइडबडी जहाज खरिदमा भएको अर्वौ रुपैयाँ बराबरको घोटालाको छानबिन अवरुद्ध गर्न सरकारले ‘शाही आयोग’ गठनको शैलीमा ‘ढाकछोप आयोग’ गठन गरेको कांग्रेसको आरोप छ ।

‘भ्रष्टाचारीलाई छोड्दिन’ भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति ईंगित गर्दै कांग्रेस प्रवक्ता शर्माले बुढी गण्डकीको भित्री खेलबाटै कारवाहीको सूची तयार गर्न चुनौती दिए । ‘‘बुढी गण्डकीको भित्री खेलबाटै कार्वाहीको सूची तयार गरे हुन्छ, जसमा साना र मझौला दोषी सहायक पात्रका रुपमा जरुर भेटिनेछन्,’’ उनले भने, ‘‘तर मूल पात्रका रुपमा नाम आउने छ– झापा जिल्ला स्थायी ठेगाना भई अस्थायी ठेगाना बालकोट भक्तपुर रहेका व्यक्तित्वको ।’’

कांग्रेसले ओली सरकारको एक वर्षे अवधिलाई सार शुन्य शुसासन पनि भनेको छ । ‘‘यो एक वर्षमा मुलुकले दुई तिहाईको कम्युनिष्ट सरकार निश्चयनै देख्न पायो तर देशलाई सुख, शान्ति, समृद्धितर्फ डो¥याउन आवश्यक शुसासन मुलुकमा विकसित हुन सकेन,’’ शर्माले पत्रकार सम्मेलनमा भने, ‘‘बलियो सरकार भएका बेला मुलुकमा भ्रष्टाचार नियन्त्रण हुने, लगानीका अवसर बढ्ने, बाह्य लगानीकर्ताहरु आकर्षित हुने, शान्ति सुरक्षा भरपर्दो ढंगले कायम भई लगानीकर्ताहरु लगानीका लागि ढुक्कले आउने पुर्वानुमान र आम अपेक्षा यो वर्ष दिनमा खण्डित भएको छ ।’’ 

उनले समृद्धिको यात्रा बलयगाडा चढेर पूरा नहुने बताउँदै समृद्धिको जग पनि बालुवाको भएको टिप्पणी गरे । ‘‘वर्तमान प्रधानमन्त्रीले गणतन्त्रका लागि संघर्ष भइरहेको बेला वयलगाडाको एक प्रसंग राख्नु भएको थियो । आज उहाँको सरकारको गति, मति, प्रवृत्ति र एक वर्षको दुव्लो शैली हेर्दा भन्नैपर्ने स्थिति आएको छ –‘समृद्धि’ मिठो नारा मात्रै होइन भने वयलगाडामा बसेर चढिन्न सगरमाथा’’ उनले टिप्पणी गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  १८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC