विराटनगर । वि विल राइज फाउन्डेसन (हामी उठ्ने छौं) ले स्थानीय रुपमा पर्यटन प्रवद्र्धन हुनुपर्ने क्षेत्रको प्रचार प्रसारका लागि भिडियो च्यालेन्ज गर्ने भएको छ । फाउन्डेसनले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी देशव्यापी रुपमा च्यालेन्ज गर्न लागिएको जनाएको हो । फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठले प्रचारमा नआएका क्षेत्रको पर्यटकीय प्रबद्र्धन गर्ने उद्देश्यले भिडियो प्रतिस्पर्धा गर्न लागिएको बताए ।
नेपाल भ्रमण वर्ष २०२० लाई दृष्टिगत गरेर देशैभरबाट बनाइएका भिडियो स्पर्धामा लिइने बताए । भने,‘‘नयाँ गन्तव्यको प्रवद्र्धन गर्नु नै हाम्रो उद्देश्य हो ।’’ कला÷संस्कृति, गन्तव्य तथा क्षेत्रको बारेमा बनाइएको बढीमा ५ मिनेटसम्मको भिडियो यही जनावरीदेखि अप्रिलभित्र संकलन गरिने श्रेष्ठले बताए ।
पहिलो हुने भिडियोलाई एक लाख नगद पुरस्कार प्रदान गरिने छ । फस्ट रनरअपले ५० हजार, सेकेन्ड रनरअपले २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट सम्पादन र स्क्रिप्टलाई पनि जनही २५ हजार नगद प्रदान गरिने छ ।