site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
१०१ स्थानीय तहमा नयाँ प्राविधिक शिक्षालय, सबै स्थानीय तहमा पुर्‍याउने लक्ष्य 
Sarbottam CementSarbottam Cement

काठमाडौं । व्यावसायिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) ले यस वर्ष १ सय १ वटा स्थानीय तहमा नयाँ प्राविधिक शिक्षालय स्थापना गरेको छ । सीटीईभीटीले दिएको जानकारीअनुसार सबै स्थानीय तहमा प्राविधिक शिक्षाको पहँुच विस्तार गर्ने सरकारको प्रतिवद्धताअनुसार यसअघि २ सय ११ वटा सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा कार्यक्रम विस्तार गरिसकिएको छ ।

यस वर्ष १ सय १ वटा स्थानीय तहका सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा थप गरी हालसम्म ४ सय ५७ बढी प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा तालिमको व्यवस्था गरिएको शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकार संचालनको एक वर्ष पुगेको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षा पुर्याउने घोषणा गरेको बताउँदै सीटीइभीटीले यो वर्ष मात्र १ सय १ स्थानीय तहमा नयाँ प्राविधिक शिक्षालय स्थापना गरेको घोषणा गरेका थिए । उनले घोषणामा यति धेरै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना भएको यो इतिहासमै पहिलो उल्लेखसमेत गरेका छन् ।  

सीटीईभीटी सूचना तथा अनुसन्धान महाशाखाका निर्देशक विनय मिश्रले प्राविधिक शिक्षा विद्यालय कार्यक्रम अन्तर्गत ७ सय ५३ वटै स्थानीय तहका प्राविधिक शिक्षाको विस्तार कार्यक्रम क्रमबद्धरुपमा अगाडि बढिरहेको जानकारी दिए । 

Global Ime bank

सीटीईभीटीले प्राविधिक शिक्षाका विद्यार्थीहरुमध्ये ७० प्रतिशतले जागिर तथा स्वरोजगार भएको दाबी गरेको छ । मिश्रले हाल कक्षा ९ देखि नै प्राविधिक शिक्षा कोर्समा समावेश गरिएको बताउँदै उच्च शिक्षा आर्जन गर्न चाहनेहरुका लागि समेत सीटीईभीटीले विभिन्न कोर्षहरु संचालन गरेको जानकारी दिए ।

प्राविधिक शिक्षालाई ७० प्रतिशत बढाउने सरकारको योजना रहेको शिक्षा मन्त्रालय उच्च तथा प्राविधिक शिक्षा महाशाखाले जनाएको छ । सीटीईभीटी अन्तर्गत हाल ४० वटा कार्यक्रम संचालनमा छन् । 

सीटीईभीटीका आफ्नै ३४ वटा र निजी क्षेत्रका ५ सय बढी शैक्षिक संस्थाहरुमार्फत् हाल प्राविधिक शिक्षा प्रदान गर्दै आएको जनाएको छ ।

   
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC