site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
स्ववियु चुनाव गराउन माग गर्दै सत्तारूढ दलका भ्रातृ संगठन आन्दोलित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । फागुनभित्र स्ववियु चुनाव हुने सम्भावना टरेपछि सत्तारूढ दल निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र अनेरास्ववियुले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । यसअघि त्रिभुवन विश्वविद्यालयले फागुन १७ गते स्ववियुमा निर्वाचित पदाधिकारीको कार्यकाल सकिने भन्दै निर्वाचनको तयारी गर्न निर्देशन दिएको थियो ।

तर, त्रिविले स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक नगरेको भन्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)निकट विद्यार्थी संगठनले सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले बताइन् । दुवै संगठनले निर्धारित मितिमै चुनाव गराउन यसअघि नै अल्टिमेटम दिएको तर आनाकानी गरेको भन्त्रै त्रिवि कुनै विद्यार्थी संगठनको दबाबमा परेर चुनाव नगराउन उद्यत त छैन भनेर संशय खडा भएको बताइन् ।

स्ववियु चुनाव गराउन दबाब दिने अभिप्रायले भोलि फागुन ६ गते त्रिवि उपकुलपति कार्यालय घेराउ र पर्सि ७ गते देशभरका स्ववियु चुनाव हुने क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्ष घेराउ र प्रदर्शनी आयोजना गर्ने उनको भनाइ छ । यता त्रिविले प्रमुख प्रतिपक्षी दल नेपाल विद्यार्थी संघको नेतृत्व विघटित भएको आन्दोलनमा समेत रहेकाले सर्वपक्षीय विद्यार्थीको बैठक बस्न नसकेको र मिति तोक्न ढिलाइ भइरहेको बताएको छ ।
\"\"

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  १६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC