site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मलाका आमाबुबा १०३ दिनपछि धर्ना स्थगित गर्दै, उधारो तिर्न चन्दा संकलन गरिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्तका आमाबुबाले जारी राखेको धर्ना स्थगित गर्ने भएका छन् । २४ घण्टे धर्नाका कारण स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनीहरुले धर्ना स्थगित गर्न लागेका हुन् । 

गत कात्तिक २५ गतेबाट निर्मलाको परिवारले न्यायका लागि जिल्ला प्रशासन कार्यालयको गेट अगाडि धर्ना सुरु गरेका थिए । अधिकारकर्मी शारदा चन्दका अनुसार यही फागुन १० गतेबाट धर्ना स्थगित गर्न लागिएको हो । उनले भनिन्, ‘‘निर्मलाका बुबा यज्ञराजलाई त्रिवि शिक्षण अस्पतालका चिकित्कसले एक महिनाअघि नै उपचारका लागि बोलाएका थिए । यज्ञराजले डिप्रेसनको औषधी लिँदै आएका थिए । कान्छी आमा लक्ष्मीमा पनि टाउको दुख्ने, शरीर सुन्निने लगायतका समस्या देखिएका छन् ।’’

Prabhu Bank
Agni Group
NIC Asia

चन्दका अनुसार फागुन १० गते धर्ना स्थगित गर्दै यज्ञराज र लक्ष्मी सिधै काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा आउनेछन् । फागुन १० गते पीडित परिवारले संघर्ष समितिमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने छ । धर्नाको अवधिमा विभिन्न कार्यका लागि लागेको २३ हजार ३ सय ४५ रुपैयाँ ऋण तथा काठमाडौंमा यज्ञराजको उपचार र लक्ष्मीको सहयोगका लागि चन्दा संकलन गरिने चन्दले बताइन् । 

गत साउन १० गते साथीको घर निस्किएकी निर्मला साउन ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् । निर्मलाको हत्या कसले गरेको हो भन्ने अझै पत्ता लागेको छैन । केन्द्रीय अनुसन्धान ब्युरोलगायतको विशेष प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले अनुसन्धान साघुरिँदै गएको बताउँदै आएपनि अभियुक्त भने सार्वजनिक गर्न सकेको छैन । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC