site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गुरुकुलमा सकियो मुनामदन नाटक 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

विराटनगर । दर्शकलाई रुवाउँदै महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित मुनामदन नाटकको मञ्चन पूरा भएको छ । विराटनगर हाटखोलास्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा गत माघ २२ गतेदेखि सञ्चालन भएको थियो । महाकविले सात दशकभन्दा अगाडि तत्कालीन नेपाली परिवेशलाई आधार बनाएर मुनामदन खण्डकाव्य लेखेका थिए । 
तर, सात दशकपछि पनि नेपालीको उही नियति र पीडा भएकाले पनि नाटकले दर्शकको मन जित्न सफल भएको आयोजक विराट आदर्श साहित्यिक मञ्चका अध्यक्ष कट्वाल दीपकले बताए । यो पटक पटक २५ वटा शो देखाइएको थियो । सबै शो ‘हाउसफुल’ भएका थिए । 
अरुको पीडा र दुःखमा आँसु नरसाउनेहरूका पनि आँखाबाट आँसु झरेको थियो । झण्डै ८ हजारभन्दा बढी दर्शकले नाटक हेरेको नाटकका संयोजक प्रल्हाद खातीले बताए । नाटक सकिएपछि बत्ती बल्दा सबै दर्शक आँसु पुछिरहेका देखिन्थे । नेपाली समाजको यथार्थ चित्रण भएकाले पनि नाटकले दर्शकको मन जित्न सफल भएको प्रा.डा. टुनराज भट्टराई बताउँछन् ।  “नाटकको विषयवस्तु, संवाद र कलाकारको सशक्त प्रस्तुतिले दर्शकको आँखा रमाउने मात्रै होइन खल्तीमा भएको रुमाल झिकेर पुच्छन बाध्य बनायो,” उनले भने । 
मुनामदन नाटक प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश विधायक सावित्रा रेग्मी, विन्ध्या कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद केसी, प्रदेश–१ का प्रहरी प्रमुख डीआईजी केदार रिजाल, मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसी, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, प्याब्सनका केन्द्रीय सल्लाहकार टीकाराम पुरी,  चर्चित कलाकार दीपाश्री निरौलालगायतका विशिष्ट व्यक्तिले समेत हेरे । कटवाल दीपकले नाट्य रुपान्तरण गरेको नाटकको निर्देशन सविन कट्टेलले गरेका थिए । चाँडै नै धरान र चितवनमा पनि मुनामदन नाटक मञ्चन हुने आयोजक समितिका प्रमुख सल्लाहकार मीनकुमार नवोदितले जानकारी गराए । सबै कलाकारहरू विद्यार्थी भए पनि जीवन्त अभिनयले दर्शकको अत्यधिक मन जित्न सफल भएको नवोदितको दाबी छ । “दर्शकलाई नाटकप्रति छाप बसाउन सफल भइयो,” उनले भने, “धेरै विद्यार्थीले हेरेकाले भोलिका दर्शकसमेत यो नाटकले तयार गरेको छ ।”  
नाटकमा लकेश दंगाल, सरु कटवाल, जीविका लिम्बू, सम्झना आचार्य, वर्षा न्यौपाने, मिलन चाम्लिङ, नवराज गिरी, मुस्कान तिम्सिना, नवराज नेपाल, रेजन राई, सन्देश बाराकोटीलगायतले अभिनय गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC