site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दुई आयोगका अध्यक्षको संसदीय सुनुवाइ मंगलबार, कांग्रेसद्वारा बहिष्कार
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीको सुनुवाइ फागुन ७ गते मंगलबार गर्ने भएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले संवैधानिक परिषद्ले सिफारिस गरेका दुई अध्यक्षको सुनुवाइ फागुन ७ गते दिउँसो १२ बजे गर्ने निर्णय गरेको हो । 

संवैधानिक परिषद्ले गरेका विभिन्न पाँच वटा आयोगको पदाधिकारीमाथि एउटामात्रै उजुरी समितिमा परेको छ । राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीमाथि मात्रै एउटा उजुरी परेको पाइएकाले त्यसको अध्ययन गरी उजुरीकर्तामाथि पनि फागुन ७ गते नै छलफल गर्ने निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । 

माघ ६ गते बसेको संवैधानिक परिषद् बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा सुवेदी, मधेशी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफारिस गरेको थियो । तर विपक्षी दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा बसेको परिषद् बैठकले गरेको सो निर्णयप्रति असहमति जनाउँदै कांग्रेसले भने उनीहरुमाथिको संसदीय सुनुवाइ प्रक्रिया नै बहिष्कार गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC