site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
१८५ वर्ष पुरानो नृसिंह शालिग्राम चोरी, दानपेटिका पनि गायब
Ghorahi CementGhorahi Cement

पोखरा । पर्वतको मोदीवेनी धामस्थित नृसिंह मन्दिरमा शनिबार राति पुरातात्विक महत्वका शालिग्राम चोरी भएको छ । कालीगण्डकी तटमा रहेको यो मन्दिरमा विश्वमा नै दुर्लभ मानिएका नृसिंह (सिंह आकृतिको) शालिग्रामसमेत राखिएको थियो । 

नृसिंह शालिग्राम राखेर नै उक्त मन्दिरको नामाकरण भएको थियो । एक अभिलेख अनुसार नृसिंह शालिग्राम १ सय ८५ वर्ष पुरानो हो । योसँगै मन्दिरमा राखिएका अन्य ४८ शालिग्राम पनि चोरी भएका छन् । यी सबै शालिग्राम उत्तिकै पुराना छन् । मन्दिरमा राखिएको दानपेटिका पनि नगदसहित नै चोरिएको छ भने शालिग्राममा जल चढाउने पुरानो शंख पनि चोरहरुले लगेका छन् । बाँकी ११ वटा शिलाहरु भने मन्दिरमा नै छन् ।

पुजारीले थाहा पाए
मन्दिरमा चोरी भएको घटना बिहान साढे ४ बजेमात्रै थाहा भयो । त्यहाँ नियमित पूजाआजा गर्ने पुजारी टिकारामदास वैरागी भन्छन्, “बिहान पूजा गर्ने क्रममा मूल मन्दिर (नृसिंह) मा जाँदा फलामे ढोकाको चाबी काटिएको थियो, त्यसपछि चोरी भएको खुल्यो र १०० नम्बर डायल गरी प्रहरीलाई खबर गरेँ ।”

Agni Group

२०७३ को रामनवमीदेखि उनले यस मन्दिरमा पूजाआजा गर्दै आएका छन् । सदाझैँ शालिग्राम चोरी हुने रात पनि उनी मन्दिर भन्दा अगाडिको एक पुरानो भवनमा सुतेका थिए । तर, उनले केही थाहा पाएनन् । 

उनले भने, “म र एकजना चेलो सँगै बस्छौँ । आइतबार बिहान ४ बजे उठेर नुहाउन गयौँ, चेलोले म भन्दा पहिले पूजा गथ्र्यो र आज बिहान पनि ऊ पूजा गर्न गयो । म नुहाउँदै थिएँ, ऊ आएर मलाई भन्यो, मन्दिरको ताल्चा काटिएको छ, शालिग्रामहरु छैनन् ।”

Global Ime bank

पुजारीका अनुसार मन्दिरबाट ४९ वटा सानाठूला शालिग्राम चोरिएका हुन् । चोरिएको दानपेटिकामा ४ हजार रुपैयाँ जति नगद रहेको उनले जानकारी दिए ।

१९८० देखि पूजा सुरु
एक अभिलेख अनुसार यो मन्दिरको स्थापना विं. सं १९८० मा भएको हो । विश्वमै नपाइने अनौठा शालिग्रामहरु यो मन्दिरमा अभिलेख गरिएका थिए । श्रीकृष्णगण्डकी (कालीगण्डकी) नदीको तट तथा मोदीखोलाको संगममा यो मन्दिर रहेको छ । सिंह आकारको शालिग्राम राखेर नृसिंह मन्दिर निर्माण भएपछि सुरुदेखि नै यस मन्दिरमा वैरागी सम्प्रदायले पूजाआजा गर्दै आएको छ ।

विष्णु भगवानको चौथो अवतार मानिने नृसिंहसँगै यहाँ शिव, गणेश र हनुमानको समेत मन्दिर रहेको छ ।

फलामे औजारले ताल्चा काटे
चोरहरुले शिला चोर्ने क्रममा मन्दिरको गेट फोर्दा फलामे औजार प्रयोग गरेको भेटिएको छ । नृसिंह मन्दिर धार्मिक पर्यटकीय तथा विकास समितिका अध्यक्ष गोपालदास वैरागीले मन्दिर बाहिरको च्यानल गेट काटिएको र मन्दिरको फलामे ढोकाको ताल्चा पनि फोरिएको बताएका छन् । 

फलामे ढोकाको ग्रिल पनि बांगिएको छ । बिहान मन्दिरभन्दा केही माथि दानपेटिका भेटिएको र दानपेटिका भित्र फलामे हेक्सा, फलाम काट्ने औजार भेटिएको उनले जानकारी दिए ।
मुख्य मन्दिरबाट चोरी भएको नृसिंह शालिग्रामको तौल आधा किलोग्राम भन्दा बढि रहेको उनी बताउँछन् । अन्य चक्रशिलाहरु भने २ देखि ४ किलोसम्मका थिए । 

४९ वटा शालिग्रामहरु एकै व्यक्तिले मात्र चोर्न नसक्ने हुँदा सामूहिक चोरी भएको आशंका उनको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख भुवनेश्वर तिवारीले पनि सामान्य रुपमा सामूहिक चोरी भएको जस्तो देखिएतापनि पुष्टि भने नभएको बताए । “हामी अनुसन्धान गर्दैछौँ, सामान्य रुपमा हेर्दा चाहिँ एकै व्यक्तिले मात्र चोरी गर्न नसक्ने जस्तो देखिन्छ,” उनले भने । पुरानो शालिग्राम रहेको हुँदा बिक्री गरेर पैसा कमाउने उद्देश्यले चोरी भएको हुनसक्ने उनी बताउँछन् ।

तस्बिरः केशवदास वैरागीको सामाजिक सञ्जालबाट
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC