site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मोबाइल खोजीमा मोरङ प्रहरीको सफलता, एसपी भन्छन्– आफ्नो सामानको सुरक्षा आफैं गर्नुस्
Ghorahi CementGhorahi Cement

विराटनगर । ग्रामथान गाउँपालिका झोराहाटका महेश श्रेष्ठले विदेशमा हुँदै खरिद गरेको मोबाइल घर आउनासाथ हराए । पसलमा राखेर बाहिर निस्किएका थिए, कसैले चोरी गरेछ । तुरुन्त जिल्ला प्रहरी मोरङ पुगे । सिम ब्लक गराए अनि मोबाइल खोजिदिन आग्रह गर्दै प्रहरीमा निवेदन दर्ता गराए । 

‘तपाईंको हराएको मोबाइल फेला पर्यो, लिन आउनु होला’ एक महिनापछि प्रहरी कार्यालयबाट श्रेष्ठलाई फोन गयो । श्रेष्ठले भने, ‘‘मोबाइल हराएपनि प्रहरीको सक्रियतामा फेला भने पर्ने रहेछ । मैले त नभेटिएका भनेर आस मारेको थिएँ ।’’

Agni Group

बीबीसी नेपाली सेवाका विराटनगरस्थित सम्वाददाता विक्रम निरौलाले खरिद गरेको नयाँ समासङ मोबाइल धेरै समय चलाउन नपाउँदै हरायो । मोटरसाइकलमा कतै जाँदै गर्दा हराएको उनको मोबाइल वीरगञ्जमा फेला पर्यो । प्रहरीले तीन महिनाजति अनुसन्धान गरेर निरौलाको मोबाइल भेट्टाइदिएको थियो । निरौलाले ठट्यौली गर्दै भने ,‘‘खल्तीबाट हराएको मोबाइल वीरगञ्ज पुगेर गाडी चढेर फर्कियो ।’’

विराटनगरकी प्रमिला गच्छदारको हराएको मोबाइल पनि प्रहरीले फिर्ता गरिदियो । केही दिनअघि जिल्ला प्रहरी कार्यालय मोरङ पुगेर आफ्नो मोबाइल फिर्ता लिँदै भनिन्, ‘‘मोबाइल हराएपछि भेटिएला भन्ने आस थिएन तर साथीले प्रहरीलाई निवेदन दिए फेला पर्छ भनेपछि प्रक्रिया चालेकी थिएँ । भेट्न चैं भेटियो ।’’ उनले प्रहरीको सकारात्मक सहयोगकै कारण आफूले हराएको मोबाइल पुनः प्राप्त गरेको भन्दै नेपाल प्रहरीलाई धन्यवाद दिइन् ।

Global Ime bank

प्रविधिको विकाससँगै मोबाइलको प्रयोग बढ्दो छ । के युवा, अर्धवैंशे वा वृद्धवृद्धा सबैका हातमा मोबाइल छन् नै । तर, यसको प्रयोगसँगै सावधानी नपनाउँदा हुने चोरी र हराउने क्रमले उपभोक्ताहरु हैरान पनि छन् । मोरङ प्रहरीका एसपी मनोज केसी भन्छन्, ‘‘हामीले पनि प्रविधिकै प्रयोग गरेर हराएका मोबाइला फेला पारेर सम्बन्धित धनीलाई नै फिर्ता गरिदिन्छौं ।’’ केसी आफ्नो समानको सुरक्षामा भने आफू नै बढी चनाखो हुनुपर्ने सुझाव दिन्छन् ।

यसरी खोजिन्छ हराएको मोबाइल

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङले आर्थिक वर्ष २०७४¬०७५ मा १ सय १२ थान मोबाइल फेला पारेर फिर्ता गरिदिएको थियो । चालू आर्थिक वर्ष  २०७५¬०७६ को माघ महिनासम्म ७७ वटा मोबाइल सम्बन्धित धनीलाई नै फिर्ता गरिसकेको छ । मोरङबाट हराएका मोबाइल पश्चिम नेपालको पोखरा र नेपालगञ्जबाट समेत फिर्ता गराइएको एसपी केसीले जानकारी दिएका छन् । मोबाइल हराएपछि पहिले प्रहरीकहाँ खोजिदिन आग्रह गर्दै निवेदन दर्ता गराउनु पर्छ । निवेदकले आईएमईआई कोडसहितको निवेदन दर्ता गराएपछि प्रहरीले त्यो कोड  र मोबाइल नम्बर प्रहरीको प्रधान कार्यालयमा पठाउँछ । 

सिडिआर भन्ने सिस्टममा हालेपछि मोबाइलमा नयाँ सिम हालेर चलाए त्यसको कल डिटेल र लोकेसन प्रहरीले पत्ता लगाउँछ । डिएसपी कृष्ण खड्का भन्छन्, ‘‘त्यसपछि मोबाइल चलाउने व्यक्तिलाई फोन गरेर प्रहरी कार्यालयमा आई बुझाउन भन्छौं । अटेर गरे प्रहरी टोली परिचालन गरी सम्बन्धित ठाउँमै गई पक्राउ गरेर ल्याइन्छ ।’’ उनले प्रहरीको अभियानले धेरै प्रयोगकर्ताको मोबाइल फेला परेको जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC