site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
रजोनिवृत्तिमा चिसो पानीमार्फत् खुशी खोज्दै महिलाहरु 
Sarbottam CementSarbottam Cement

बीबीसी । रजोनिवत्तिका दौरान महिलाहरु कयौं प्रकारका शारीरिक र मानसिक परिवर्तनबाट गुज्रिन्छन् । उनीहरुमा दुःख, तनाव, उदास र केही सेक्सुअल कठिनाईका कारण उत्पन्न हुने हार्मोनहरुमा परिवर्तन आउँछ । 

तर वेल्समा कयौं महिलाहरु रजोनिवृत्त अर्थात् मासिक धर्मको चक्रबाट निवृत्तिका कारण देखिने प्रभावबाट छुटकारा पाउन चिसो पानीमा पौडिने तरिका अपनाउँदै आएका छन् । ती महिलाहरु ६ डिग्री सेल्सियस तापक्रम भएको समुद्रको पानीमा पसेर चिसोलाई मात दिएर पौडिने गर्दछन् । 

जसमध्ये केही महिलाहरु यो तरिकाले उनीहरुको मानसिक स्वास्थ्यमा सुधार भइरहेको दाबी गर्छन । ४९ वर्षिया एलीसन ओवेन भन्छिन्, “केही वर्ष अघि मलाई रजोनिवृत्त (मेनोपेज) हुँदा पहिला त थाहै भएन कि यो सुरु भइसकेको छ भन्ने । मैले रजोनिवृत्त भएपछि अत्यन्तै तनावका कारण डिप्रेसनमा पुगेका महिलाहरुको कथा पढेकी थिएँ ।’’ 

Prabhu Bank
Agni Group
NIC Asia

एलीसनले भनिन्, “म आफूलाई यस्तो नहोस् भन्ने चाहन्थे । यसै कारण मैले सोचे कि स्वयम्लाई एक्टिभ राखेर यो सबैबाट बाहिर निक्लिनका लागि मैले केही न केही गर्नु नै पर्छ ।’’

सुरुवाट गर्दा समूह नै बन्यो 
एलीसनले पछिल्लो गर्मीमा शिक्षण पेशा छाडेर ‘सेरिब्रल पाल्सी’ (एक प्रकारको मानसिक समस्या जसमा शरीरका केही अंग प्रभावित हुन्छन्) बाट ग्रस्त आफ्नी छोरीको रेखदेख गर्न थालिने । त्यसको केही समयपछि आफूले स्वानसीको गावर प्रायद्वीपमा कोल्ड विन्टर स्वीमिङ अर्थात चिसो पानीमा पौडिन सुरु गरेको उनको भनाइ छ । सुरुवातमा उनी एक्लै भए पनि विस्तारै अन्य महिलाहरुले पनि उनीसँगै चिसो पानीमा पौडिन सुरु गरे । 

Global Ime bank

एलीसन भन्छिन्, “यसको सुरुवात अत्यन्तै रोमाञ्चक र उत्साहपूर्ण थियो । यसले हामी भित्रको रहेको बालकलाई निन्द्रबाट बिउझायो । यसले हामीलाई बच्चा, नौकरी र अन्य कामकाजभन्दा अगाडि हामी कस्ता थियौं भन्ने स्मरण गरायो र विगतमा फर्काइ दियो ।’’ चिसो पानीम पौडिनु अघि शरीरको तापक्रमलाई पानी अनुकूल बनाउनका लागि ९१ सेकेण्डसम्म धैर्यतापूर्वक पानीमा बस्न सक्नुपर्ने उनको भनाइ छ । 

एलीसनले यो तरिका अपनाइ रहेका महिलाको समूहले गावर ब्लूटिट्स नामक स्विमिङ क्लब बनाएको र झण्डै २० महिला चिसो पानीमा पौडी खेल्न एक् साथ आउने गरेको बताइन् । 

रजोनिवृत्त भनेको के हो ?
एनएचएसका अनुसार जब महिलाहरुको मासिक धर्म हुने प्रक्रिया बन्द भएर गर्भधारण नहुने अवस्थालाई रजोनिवृत्त भनिन्छ । रजोनिवृत्तका अवस्थामा राति पसिना आउने, गर्मी लाग्ने, पेटको तल्लो भाग र खुट्टा दुख्ने, चिन्ता बढ्ने र स्मरण शक्तिमा कमी आउने जस्ता समस्या देखिन्छन् । 

यसबाट महिलाहरुको ‘सेक्स लाइफ’ मा पनि असर पर्दछ । उनीहरुम यौन इच्छा कम हुनुका साथै सेक्सका दौरान ‘भेजाइनल ड्राइनेस’ र असहजता उत्पन्न हुने गर्दछ । सामान्यतया रजोनिवृत्त ४५ देखि ५५ वर्षको उमेरमा ‘एस्ट्रोजन’ नामक हार्मोनको स्तर कम भए पछि हुने गर्दछ । 

पौडीले कसरी फाइदा हुन्छ ? 
युनिभर्सिटी अफ पोर्ट्समाउथमा ‘कोल्ड वाटर स्वीमिङ’ का विशेषज्ञ प्रोफेसर माइक टिपटानका अनुसार यो समूह चिसो पानीमा पौडी खेल्दा जुन प्रकारको प्रभावहरुको कुरा गर्दछ त्यो असामान्य छैन् । 

प्रोफेसर टिपटान भन्छन्, ‘‘चिसो पानीको प्रभावका सम्बन्धमा अनेक थ्योरीहरु छन् । तर कुनै निश्चित प्रमाण भने छैन् । कोल्ड वाटर स्विमिङमा व्यायाम र सामाजीकरण हुन्छ । यि दुई कारणले गर्दा मानसिक स्वास्थ्यमा सकारात्मक असर पर्दछ ।’’ 

उनका अनुसार चिसो पानीमा पौडिदा पर्ने ‘कोल्ड शक’ ले शरीरमा तनाव सम्बन्धी हार्मोनहरु उत्पन्न हुने भएकाले मानिसहरुले आफू हावामा भएको जस्तो महसुस गरिरहेको बताउने गर्दछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC