site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

आतंक कहिल्यै उचित र स्वीकार्य हुँदैन । यसैले दुनियाँको कुनै पनि भागमा मानवताविरुद्ध मच्चाइएको आतंकको निन्दा गर्नै पर्छ । भारतको कस्मिरको पुलवामामा बिहीबार सेन्ट्रल रिजर्व पुलिस फोर्स (सीआरपीएफ) का जवान चडेको गाडीमा आत्मघाती बम विस्फोट गराएर ४४ जना सुरक्षाकर्मीको हत्या गरिएको छ । यस आतंककारी हमलाको जिम्मेवारी पाकिस्तानमा क्रियाशील जैस ए महम्मद नामको संगठनले लिएको बताइएको छ । भारतले त यसै पनि पाकिस्तानले कास्मिरी पृथकतावादीलाई सहयोग गरेको र भारतमा आतंक फैलाउनेहरूलाई संरक्षण गरेको आरोप लगाउँदै आएको छ । नेपालको परराष्ट्र मन्त्रालयले भारतमा भएको आतंककारी घटनाको निन्दा गरिसकेको छ । प्रधानमन्त्री केपी ओलीले पनि भारतीय समकक्षीलाई समवेदना दिएका छन् । यो पाकिस्तानविरुद्ध भारतको पक्ष लिएको भने होइन । भारत र पाकिस्तानको विवादमा तटस्थ रहेर पनि आतंकको निन्दा गर्न सकिन्छ ।

आतंकको पीडा नेपालीले पनि एक दशकभन्दा बढी भोगेका छन् । यसैले आतंककारी घटनाप्रति नेपाली समाज बढी संवेदनशील हुन्छ । संसारको कुनै पनि कुनामा आतंककारी घटना हुँदा दोरम्बा, बाँदरमुढे, खारा, कोटवाडा, काजोल खातुन, मैना सुनुवार, मुक्ति अधिकारी, कृष्ण सेन आदि कैयौं घटना र नाम सम्झनामा आउँछन् । अनि, नेपालमा आतंककारी घटना गराउनेहरू भारत भूमिमा सुरक्षित आश्रयमा बसेको पनि बिर्सन सकिँदैन । अहिले पनि नेपाल आतंक मुक्त भइसक्यो भन्न सकिने अवस्था छैन । बेलाबखत सशस्त्र विद्रोहको धम्की दिने संगठनहरू क्रियाशील नै छन् । यसै पनि नेपालीहरू उम्कनै नसक्ने चन्दाको आतंकको धरापमा त छँदैछन् । भारतमाथि भएको आतंककारी हमलाको निन्दा गर्नेमा नेपाल अग्र पंक्तिमा हुनुको कारण यही हो ।

हुनत, पाकिस्तानको सरकारले नै आतंककारीलाई संरक्षण गरेको प्रमाणित हुनसकेको छैन तर, त्यहाँको राज्य संयन्त्रमा धार्मिक कट्टरपन्थीको प्रभाव भने स्पष्टै देखिन्छ । यसैले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई ‘कडा जबाफ’ दिने धम्की दिएका होलान् । भारतभर घटनाको चर्को विरोध भएको छ र पाकिस्तानविरुद्ध आक्रोश प्रकट भइरहेको छ । पाकिस्तानलाई पाठ सिकाउन सरकारलाई उक्साृने काम भइरहेको छ । यसले भारत–पाकिस्तानबीच मुठभेडको जोखिम बढाएको छ । यसैले नेपालले आतंकको निन्दा गर्दागर्दै पनि भारत र पाकिस्तानबीच वार्ता र विश्वासको वातावरण बनाउन प्रयास गर्नु उचित हुनेछ । सार्कको अध्यक्ष र सचिवालय भएको मुलुकका नाताले पनि मध्यस्थता गर्ने नेपालको कर्तव्य नै हो । भारतसँगका हाम्रा गुनासा र असन्तुष्टि आफ्ना ठाउँमा छन् तर आतंकविरुद्ध हामी भारतको साथमा उभिनुपर्छ ।   
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  १३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC