site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बिग बासको उपाधि मेलबर्न रेनेगेट्सलाई, सन्दीपको टिम १३ रनले पराजित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बिग बास लिगको उपाधि नेपाली युवा बलर सन्दीप लामिछाने सम्मिलित टिम मेलबर्न स्टार्सलाई १३ रनले हराउँदै मेलबर्न रेनेगेट्सले जितेको छ । मेलबर्न रेनेगेट्सले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा मेलबर्न स्टार्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३२ रनमात्रै बनाउन सक्यो । मेलबर्न स्टार्सका लागि बेन डुङकले ५७ र स्टोइनीसले ३९ रन बनाएपनि हार टार्न सकेनन् । 
त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको मेलबर्न रेनेगेट्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४५ रन बनाएको थियो । मेलबर्न रेनेगेट्सका लागि टम कुपरले ४३ रन र डेनियल क्रिसीयनले ३८ रन बनाएका थिए । 
विग बासको सेमीफाइनल र फाइनलमा भने नेपाली स्टार बलर सन्दीपले विकेट लिन सकेनन् । फाइनलमा सन्दीपले ४ ओभरमा १६ रन खर्चेर कसीलो बलिङ गरेपनि विकेट लिन सफल भएनन् । त्यसअघि सन्दीपले ७ खेलमा ६.९७ को औषतमा ११ विकेट लिएका थिए । उनले उत्कृष्ट बलिङ भने ११ रन खर्चेर ३ विकेट लिनु थियो । सुरुवाती ४ खेलमा सन्दीपको प्रर्दशन उत्कृष्ठ रहेपनि पछिल्ला ४ खेलको प्रर्दशन भने औषत थियो ।  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC