एजेन्सी । फिल फोडेनको दुई गोल प्रेरित म्यानचेष्टर सिटीले एफए कपअन्तर्गत पाँचौ चरणको खेलमा न्यूपोर्ट काउन्टीमाथि ४–१ को सहज जित दर्ता गरेको छ । जितसँगै सिटी अन्तिम ८ मा प्रवेश गरेको छ ।
शनिबार राती न्यूपोर्ट काउन्टीलाई पराजित गर्न सिटीका फोडेनले २ तथा लेरोए साने र रियाद माहरेजले गोल गरे । न्यूपोर्टका लागि अमोन्डले एक गोल गरेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा पाँचै गोल दोस्रो हाफमा भएको थियो ।
५१ औं मिनेटमा लेरोय सानेको गोलमार्फत् अग्रता लिएको सिटीले ७५ औं मिनेटमा फोडेनको गोलपछि अग्रता दोब्बर पारेको थियो । लगत्तै ३ मिनेटपछि न्यूपोर्टका लागि अमोन्डले गोल गर्दै अग्रता घटाएका थिए । तर एक मिनेट नबित्दै फोडेनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । निर्धारित समयसम्म ३–१ को अग्रता लिएको सिटीले इन्जुरी समय एक गोल थपेको थियो । रियाद माहरेजले गोल गर्दै सिटीको जित ४–१ ले सुनिश्चित गरेका थिए ।
एफए कपमा आज तीन खेल हुँदैछन् । बेलुका ६ः४५ बजे बिस्टोल सिटी र वुल्भबीच प्रतिस्पर्धा हुनेछ । राती ९ः४५ बजे क्रिष्टल प्यालेस र डनकास्टर मैदान उत्रिँदा सोही समयमन स्वान्सी सिटी र बेन्टफोर्डबीच प्रतिस्पर्धा हुनेछ ।