site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
उठ्दैछन् ढलेका विद्यालय, दुई वर्षमा सकिएला पुनर्निर्माण ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । २०७२ सालको भूकम्पमा तहसनहस भएर धराशायी अवस्थामा पुगेका विद्यालय भवन पछिल्लो समय क्रमिक रुपमा उठ्दैछन् ।  बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयको पुनर्निर्माण भर्खरै सम्पन्न भएको छ । विद्यार्थीहरुले ढिलै भएपनि नयाँ र सुरक्षित भवनमा पढ्न पाएका छन् । 
त्यस्तै रामेछापको गौरीशंकर माध्यमिक विद्यालयको पुनर्निर्माणपछि विद्यार्थीहरु नयाँ भवनामा पढ्दैछन् भने काभ्रेपलाञ्चोकको देवीटारस्थित देवीस्थान माध्यमिक विद्यालयको नवनिर्मित आठकोठे भवनमा पढ्न पाएर विद्यार्थीहरु रमाएका छन् ।
यसका साथै सोलुखुम्बु, फाप्लुलगायतका विद्यालय तथा कक्षाकोठाहरुको पुनर्निर्माण सम्पन्न भएपछि विद्यार्थी रमाएका मात्रै छैनन्, जोखिमयुक्त भवनका कारण विद्यालय छोडेर गएका कतिपय विद्यार्थीहरु फर्केरसमेत आएको विद्यालयहरुले जानकारी दिएका छन् ।
भूकम्पले गर्दा विद्यालय भवन चर्केपछि सोलुखुम्बु दूधकुण्ड हिमालय आधारभूत विद्यालयका विद्यार्थी संख्या ह्वात्तै घटेर गएको विद्यालयका शिक्षक रमेशकुमार बस्नेत बताउँछन् । त्रासपूर्ण वातावरण र चर्केको भवनले गर्दा ३० जना विद्यार्थी एकै पटक कम भएको बताउँदै उनले भने, “विद्यालयमा २०७२ सालमा १ सय ५८ जनाजति विद्यार्थी थिए भने भूकम्प गएपछि एकैचोटि १ सय २६ मा झरेको थियो । विद्यालय भवन बन्दै गएपछि र नयाँ शैक्षिक सत्र सुरु भएपछि अहिले १ सय ६० विद्यार्थी छन् ।”
यसैगरी ढिलै भएपनि दरबार हाइस्कुलको निर्माण कार्यले प्रगति लिएको छ भने राजधानीस्थित पद्मोदय माविकोे पुनर्निर्माणको काम अन्तिम चरणमा रहेको विद्यालयकी प्रधानाध्यापक मिना कोइरालाले जानकारी दिइन् ।  
दुई वर्षभन्दा लामो समयसम्म टहरा र जोखिमयुक्त भवनमा पढ्न बाध्य बालबालिकाहरुले ढिलै भएपनि नयाँ र सुरक्षित भवनमा पढ्ने भएका छन् । यद्यपि अझैपनि झण्डै ५० प्रतिशत क्षतिग्रस्त विद्यालय पुनर्निर्माण हुन बाँकी रहेको पुनर्निमाण प्राधिकरणको तथ्यांकले देखाएको छ ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)ले दिएको जानकारीअनुसार ०७२ को भूकम्पबाट ३२ जिल्लाका ७ हजार ९२३ विद्यालयका ४९ हजार ६८१ कक्षा कोठामा क्षति पुग्यो । इकाईका आयोजना निर्देशक इमनारायण श्रेष्ठका अनुसार भूकम्पबाट क्षति भएका ७ हजार ९२३ विद्यालयमध्ये हालसम्म ६ हजार ६७० विद्यालयमा पुनर्निमाणको कार्यक्रम पुगेको छ भने त्यसमध्ये ४ हजार १७२ विद्यालयको पुननिर्माण सम्पन्न भएको छ । निर्देशक श्रेष्ठका अनुसार हाल २ हजार ४९८ विद्यालय निर्माणधीन अवस्थामा रहेको छ ।
निर्देशक श्रेष्ठले दिएको जानकारीअनुसार १८ हजार कक्षाकोठाको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने १७ हजार कक्षाकोठा निर्माणाधीन छन् । जाइकाको ऋण सहयोगमा संचालित आपतकालीन विद्यालय पुनर्निमाण आयोजना अन्तर्गत २३६ विद्यालय, एशियाली विकास बैंकको ऋण सहयोगमा संचालित भूकम्प आपतकालीन सहयोग आयोजनामा १३७ विद्यालय, युएसएआइडीको अनुदान सहयोगमा १७ विद्यालय, गरिबी निवारणका लागि जापानी कोषको अनुदानमा ८ नमुना विद्यालय, भारत सरकारको अनुदान सहयोगमा ७० विद्यालय र एडिबीको ऋण सहयोगमा संचालन हुने विपद् उत्पादनशिल विद्यालय आयोजनामा १८० विद्यालय पुनर्निमाण र १३८ विद्यालय प्रवलीकरण हुने योजना छ । 

नयाँ भवन सर्ने पर्खाइमा अझै थुप्रै विद्यार्थी
श्रेष्ठले विद्यालय पुनर्निर्माणको प्रमुख चुनौती नै बजेटको कमी रहेको बताए । उनले बजेटको अभावमा नै अझै कतिपय विद्यालयमा पुनर्निमाणको कुनै पनि कार्यक्रम पुग्न नसकेको बताए । करिब १ हजार २५३ विद्यालयमा पुनर्निर्माणको कुनैपनि कार्यक्रम पुग्न नसकेको बताउँदै उनले जसका कारण बालबालिका नयाँ भवनमा सर्न नसकेको जानकारी दिए । 
यसरी कार्यक्रम नै पुग्न नसकेका त्यस्ता कतिपय विद्यालयमा आन्तरिक समस्याका साथै बजेटको अभाव प्रमुख रहेको प्राधिकरणले जनाएको छ । ती विद्यालयका विद्यार्थीहरु भने निरन्तर जोखिमयुक्त भवन र टहरामा पढ्न बाध्य छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

भारतले काम सुरु नै गरेको छैन
भारतले ७ जिल्लाका ७० वटा विद्यालय पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो । प्रतिवद्धता अनुसार पुनर्निर्माणमा चासो नदेखाएपछि विगत साढे तीन वर्षदेखि बालबालिकाहरु टहरा र चर्केको जोखिमयुक्त भवनमा पढ्दै आएका छन् । भारत सरकारले ७० वटा बनाउने भने पनि हालसम्म एउटा विद्यालयको पनि निर्माण कार्य सुरु गरेको छैन ।
प्राधिकरणका उपसचिव तथा सूचना अधिकारी मनोहर घिमिरेले विद्यालय पुनर्निर्माणको लागि भारत सरकारको टिमले आएर हेर्नुपर्ने बताए । तर उताबाट कुनै टिम अवलोकनमा नआएको उनले जानकारी दिए । सूचना अधिकारी घिमिरेले भारत सरकारलाई निरीक्षण गर्ने टिमलाई चाँडो पठाउन भनेको बताए ।
क्षतिको विषयमा निरीक्षण गर्ने टोली नै नआएको खण्डमा भारत सरकारले बनाउने भनेको ७० वटा विद्यालयको पुनर्निर्माणमा झनै ढिलाइ हुने देखिन्छ ।

दुई वर्षभित्र पूरा होला त पुनर्निर्माण ?
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ५ वर्षे कार्य अवधिमा अब २ वर्षमात्रै बाँकी छ । प्रधाकिरणले दुई वर्षभित्र सबै विद्यालयको पुनर्निर्माणको काम सक्ने दावी गर्दै आए पनि करिब १ हजार २५३ विद्यालयको पुनर्निर्माण यसै आर्थिक वर्षमा सुरु गर्नुपर्ने हुन्छ । निर्माणकार्य सम्पन्न र निर्माणाधीन विद्यालयमध्ये पनि करिब १ हजार ५ सय विद्यालयमा नपुग कक्षाकोठा तथा शौचालयलगायतका पूर्वाधार निर्माण गर्नुपर्ने चुनौती रहेको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  १०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC