site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मार्क्सलाई चिहानमा पनि आक्रमण ! घृणाको सिद्धान्त प्रतिपादक भन्दै शालिकमा ह्याम्मर प्रहार
Sarbottam CementSarbottam Cement

लण्डन । दुई साताको बीचमा उत्तरी लण्डनमा रहेको कार्ल मार्क्सको शालिकमा दोस्रो पटक क्षति गराइएको छ । ह्याम्मर प्रयोग गरेर घृणाको सिद्धान्त प्रतिपादक र नरसंहारको रुपरेखा तयार पार्ने व्यक्तिका रुपमा शालिकमा रातो अक्षरले लेखेर ह्याम्मर प्रहार गरिएको हो ।  
अघिल्लो पटक फेब्रुअरी ४ का दिन यस्तै आक्रमण भएको थियो । उक्त आक्रमणले गर्दा शालिकमा निकै नै क्षति भएको छ ।  ती कुनै पनि आक्रमणलाई लिएर कसैलाई पनि गिरफ्तार गरिएको छैन । जर्मन दार्शनिक मार्क्सको सालिक अब पहिलाको अवस्थामा ल्याउन गाह्रो रहेको फ्रेन्ड्स अफ हाइगेट केमेटरी ट्रष्टका अधिकारीहरुले बताएका छन् । 

बेलायती म्यूजियमका कर्मचारी म्याक्सवेल ब्लोफिल्डले त्यो घटनाबाट आफू छक्क परेको जनाएका छन् । त्यहाँ पर्यटकहरु नियमित रुपमा आउने गरेकोमा यो घटनाले नोक्सान भएको बताइएको छ ।  कार्ल मार्क्सको चिहान हाइगेट केमेटरीको पूर्वतर्फको भागमा रहेको छ । मार्क्स, उनकी पत्नि जेनी भोन वेस्टफाटेन र परिवारका अन्य सदस्यको शव त्यहाँ गाडिएको मानिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

वास्तविक रुपमा इस्टर्न केमेटरीको विभिन्न भागमा गाडिएको भएपनि सन् १९५४मा ती चिहानलाई एकै स्थानमा जम्मा गरिएको थियो । ती चिहानहरु लरेन्स ब्राडशाले डिजाइन गरेका हुन् र १९५६मा खोलिएका हुन् ।  खोल्ने कार्यक्रम  बेलायत कम्युनिष्ट पार्टीका महासचिव ह्यारी पोलिटको नेतृत्वमा गरिएको थियो । 

त्यसमा ‘वर्कर्स अफ अल ल्याण्डस युनाइट’ भन्ने कम्युनिष्ट घोषणापत्रको नारा पनि लेखिएको छ । यसको निर्माणपछि माक्सवादी सिद्धान्त मान्नेका लागि यो स्थान तीर्थस्थल जस्तै भएको थियो ।  तर, मार्क्सका विरोधीहरुले भने यसलाई लक्षित गरेर धेरैपटक आक्रमण गरेका छन् । सन् १९७०को दशकमा दुई पटक बम आक्रमण नै भएको थियो । मार्क्स राजनीतिक शरण लिएर सन् १८४९ मा बेलायत गएका थिए । 

Global Ime bank

उनी १८७५ बाट मेटल्याण्ड पार्क रोडमा बस्न थालेका  थिए । उनी लण्डनमा रहुन्जेल उनका साथी फ्रेडरिक एन्गेल्सको भर परेका थिए ।  उनको जन्म ५ मे १८१८ मा जर्मनीमा भएको हो भने मृत्यु १४ मार्च १८८३मा बेलायतमा भएको हो । 
(बीबीसी र अन्य एजेन्सीको सहयोगमा)

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  ०९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC