site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
\'नेपाली चलचित्रका तीन पिलर शिव, राजेश र मै हौं\'
Ghorahi CementGhorahi Cement

काठमाडौं । चाहेर होस् या नचाहेरै करिअरको सुरु देखि नै विवादमा छाइरहने नायक हुन् भुवन केसी । कहिले घरभित्रैको पारिवारिक सम्बन्धले त कहिले घर बाहिरको सम्बन्धले । पछिल्लो समय नेपाली चलचित्रको ‘महानायक’ को भन्ने विषयले पनि भुवनसँग जोडिएर थुप्रै कुरा आए । एउटा टेलिभिजन शो ले राजेश हमाललाई नेपाली चलचित्र उद्योगको ‘महानायक’ भनिदिएपछि त्यसलाई लिएर उनले असन्तुष्टि जनाएका खबरहरु सार्वजनिक भए । 

तर, उनी स्वयम् अहिले आफूले कहिले पनि कुनै ट्यागका लागि काम नगरेको बताउँदै आएका छन् । केही दिन अगाडि राजधानीमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफूले कुनै ट्याग अथवा उपाधिका लागिभन्दा पनि काममा ध्यान दिएको बताए । 

Agni Group

“मैले ४० वर्ष यो चलचित्र उद्योगमा काम गर्दा कति सुपरहिट चलचित्र दिएँ र दिने कोशिष गरेँ त्यो नै ठूलो कुरा हो । मैले कुनै पनि ट्यागका लागि काम गरेको होइन । हिजो ४० वर्षदेखि आज छोरा अनमोल हिरो हुँदासम्म मैले गरेको कामको मूल्यांकन दर्शकले गरिरहनु भएको छ,” उनले भने, “यस्तो खालको कन्ट्रोभर्सी किन आउँछ मलाई थाहा छैन । बाहिर किन यस्तो भ्रमको कुरा आउँछ मलाई थाहा छैन । नाममा ठूलो ट्याग छ तर सिनेमातिर फर्किएर हेर्दा सबै जिरो अथवा गोलै गोल छ भने त्यो ट्यागले किच्छ, त्यही नै भारी हुन्छ, त्यसैले बरु काम इमान्दार भएर राम्रो गरौं, ट्याग नभएकै ठिक छ ।” यद्यपि भुवनलाई नेपाली चलचित्र उद्योगमा ‘सुपर स्टार’ नायकको उपमाले चिनिन्छ ।

राजेश हमालसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै उनले आफूहरुबीच एकअर्कामा स्वस्थ सम्बन्ध रहेको दाबी गरे । “सबैको काम र योगदानको कदर हामी गरिरहेका छौं,” भुवन अगाडि भन्छन् । 

Global Ime bank

उनी सञ्चार माध्यमले आफू र राजेश हमाललाई नेपाली चलचित्र उद्योगको दुईवटा खम्बा भनेकोप्रति असन्तुष्टि जनाउँदै भन्छन्, “नेपाली चलचित्रमा दुईटा होइन तीनवटा पिलर छन् । शिव श्रेष्ठ, राजेश जी र मभन्दा पनि सिनियर हो । त्यसैले तीनवटा पिलर छन् । म भन्दा पनि उहाँ (शिव श्रेष्ठ) दाइ सिनियर हो । उहाँलाई हामी दुवै रेस्पेक्ट गर्छौं । उहाँ नेपाली चलचित्रको एक्सन किङ्ग नै हो । उहाँलाई बिर्सनु हुँदैन ।” शिव श्रेष्ठले नेपाली चलचित्र उद्योगलाई पुर्याएको योगदानको कदर नगरे उहाँमाथि अन्याय हुने भुवनको भनाइ छ । 

भुवनले उपमाका लागि आफूले कहिले मरिहत्ते नगरेको र विवाद सिर्जना पनि नगरेको स्पष्ट पारिहँदा उनीसँगै रहेका अनमोलले पनि बुवाकै कुरामा सही थापे । “कसैले मलाई कुनै ट्याग दिन्छ भने त्यो पनि ठिकै छ । तर ट्यागकै लागि मैले काम गरेको होइन । म कुनै ट्यागबाट भन्दा पनि मेरो नामबाट चिनिन चाहन्छु,” उनले भने, “आज दिएको ट्याग भोली रहला या नरहला अन्ततः भोलि चिनिने भनेको म अनमोल भएरै हो । राम्रो काम गरेरै हो ।” अनमोललाई पछिल्लो समय केही सञ्चार माध्यमले मेगा स्टार भनेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

भुवनका बावु छोरा दुबै आफूहरुले पैसाका लागि काम नगरेको बताउँछन् । अनमोल आजसम्म आफूले पारिश्रमिकका लागि सौदाबाजी नगरेको बताउँछन् । प्रत्यक चलचित्रमा निर्माता स्वयम्ले पारिश्रमिक बढाएर दिएको बताउँछन् । भुवन पैसाका लागि चलचित्र बनाउने भए अनमोललाई लिएर ५० लाखमा चलचित्र बनाएर ३ करोड कमाउनसक्ने बताउँदै तर त्यस्तो चलचित्र बनाएर अर्को चलचित्र फल्प बनाउने रहर आफूमा नरहेको सुनाउँछन् । 

अनमोलले अहिसम्म जतिपनि चलचित्रमा काम गरे अधिकांश कमसिर्यल मुभीमा  अभिनय गरे । मौलिक सिनेमाले मात्रै नेपाली चलचित्रको बजार विस्तार गर्ने ल्याकत राख्छ भन्ने समीक्षा आइरहेका बेला अनमोल भने निर्माताको लगानी सुरक्षित गर्नुपनि अभिनेताको दायित्व हो भन्ने विचार राख्छन् । भन्छन्, “ कमर्सियल चलचित्र भित्रै बसेर पनि फरक फरक चरित्रमा बसेर काम गर्न मनपर्छ । विषयवस्तु बजारले निर्धारण गर्ने कुरा हो । पक्कै पनि राम्रो आर्ट मुभी मेकरहरुसँग काम गर्न चाहन्छु । तर अहिलेको लागि त्यस्तो कमर्सियल चलचित्रहरु जसमा मेरो क्यारेक्टरमा विभिधता आवस त्यसमै काम गर्ने इच्छा छ ।”  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  ०९:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC