site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मौसममा अझै गडबड : कतै सफा कतै बदली
Sarbottam CementSarbottam Cement

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज  देशको प्राःय स्थानमा मौसम सामन्यतया सफा रहने छ । पश्चिमी र पूर्वी पहाडी भेगका एक दुई स्थानमा अपरान्ह पछि मेघ गर्जन सहित छिटफुट वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । 

आज राति देशभर मौसम सामान्यतया सफा रहने तर पश्चिमी पहाडी भेगमा आंशिक बदलीको संभावना रहेको जनाइएको छ । पश्चिमी पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको संभावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भोलि सोमबार दिउँसो  देशको पश्चिमी भुभाग लगायत पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक वदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।  देशको पश्चिमी पहाडी  भूभागका थोरै स्थान र मध्य एवं पूर्वी पहाडी भेगका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । देशका पश्चिमी उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

सोमबार राति  देशको पश्चिमी भूभागमा सामान्य देखि पूर्ण वदली रहने तथा मध्य र  पूर्वी पहाडी भूभागमा आंशिक बदली रहने जनाइएको छ ।  पश्चिमी भूभागका केही स्थानहरुमा तथा मध्यका केही स्थानमा हल्का वर्षाको संभावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

Global Ime bank

त्यसैगरी फागुन ७ गते मंगलबार दिउँसो देशको पश्चिमी भेगमा सामान्य बदली रहने र अन्य भूभागमा आंशिक बदली रहने जनाइएको छ । पश्चिमी भेगका केही स्थानमा हल्का वर्षाको संभावना रहेको र  मध्य र पूर्वी पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा हुने जनाइएको छ ।

देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार राति देशको पश्चिमी भेगमा आंशिक बदली रहने तथा अन्यत्र मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  ०८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC