site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ युट्युबबाट हटाइयो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत उनले आफ्नो युट्युब च्यानलबाट हटाइएका छन् । सत्तारूढ दलका नेताहरूले प्रधानमन्त्रीसँग उक्त गीतमा प्रतिबन्ध लगाउन माग गरेकै दिन युट्युब च्यानलबाट हटाइएको छ ।

स्रोतका अनुसार दबाबपछि उनी आफैँले गीत हटाएका हुन् । उनले सिधै सरकारले दबाब दिएर गीत हटाउनु परेको नभने पनि घुमाउरो भाषा प्रायोग गर्दै चित्त नबुझेका कुरामा ब्यंग्य गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार भएको बताएका छन् । 

उनले आफ्नो फेसबुक पेजमा केही समय अगाडि लेखेका छन्, “म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा विद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यता विरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गिक  अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा दोहोर्याउन चाहन्छु ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद्, ३३ किलो सुन प्रकरण, राष्ट्रपतिले चढ्ने महंगो हेलिकप्टरसँगै सरकारको बागडोर सम्हाल्नेहरुले गरिरहेको अनियमितताप्रति ब्यग्य गर्दै गीत सार्वजनिक गरेका थिए । उक्त गीतलाई लिएर नेकपा तथा त्यसका भ्रातृ संस्थाहरुले विरोध जनाएका बताइएको छ । “हिजो रिलिज भएको मेरो ‘लुट्न सके लुट कान्छा’ भन्ने गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सृजना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरु समक्ष राख्न गइरहेको छु । सर्वप्रथम त म यहाँ हरुलाई जानकारी गराउन चाहान्छु की म राजनीतिलाई त्यती गहिराई बाट बुझ्दिन । तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगती ब्याप्त हुनु हुँदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगती लाई ब्यंग्य गरोस भन्ने मेरो एकमात्र ध्यय थियो,” उनले अगाडि लेखेका छन्,“ मैले कुनै राजनैतीक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासँग मेरो कुनै किसीमको पूर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असंतुष्टी रहन गएकोले जुनजुन शब्दमा असन्तुष्टी देखियो म ति शब्दहरुलाई परिमार्जन गर्न गइरहेको छु । केही समय लाग्ला जुन शब्दमा असन्तुष्टी देखीयो ति शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने संझिीएको छु ।”

उनले आपत्ति जनाइएका शब्द निकालेर गीत पुन लिएर आउने जानकारी दिँदै लेखेका छन्, “मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगती माथी प्रहार गर्नु र विकृतीको उजागर गर्नु मात्र थियो यसमा म पुनः प्रष्ट पार्न चाहन्छु । अहिले डिजिटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जनसहित  पुनः लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युब बाट मैले हटाउने निर्णय गरेको छु ।”

Global Ime bank

गीतमा समावेश केही हरफः

काम केही नगरेको, ठूला–ठूला भाषणमात्र गरेको, स्वर्ग जस्तो देशमा यमराजको शासन चलेको....

जनताको मुटुभित्र काँडा कति–कति, डेढ अर्बको हेलिकप्टर चड्छिन् राष्ट्रपति । लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट... लगायतका शब्द समेटिएको थियो ।

तस्बिर फेसबुकबाट

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ४, २०७५  २१:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC