site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फागुन ७ देखि अन्तर्राष्ट्रिय म्याराथन
Sarbottam CementSarbottam Cement

पोखरा । पोखरामा फागुन ७ देखि १३ गतेसम्म सफल अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुने भएको छ । भूतपूर्व खेलाडी मञ्चले प्रतियोगिताको आयोजना गरेको हो ।

यसको तयारी अन्तिम चरणमा पुगेको शनिबार आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष तेज गुरुङले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार प्रतियोगितामा भाग लिन खेलाडीहरुले सोमबारसम्म नाम दर्ता गराउन पाउनेछन् । प्रतियोगिताका विजेताले १ लाख, उपविजेताले ७० हजार, तृतीयले ५० र सान्त्वनाले ७ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन् । 

यसबाहेक, प्रतिोगितामा १० किलोमिटर महिला र पुरुष दौड प्रतियोगिता, ५ किलोमिटर विद्यालय स्तरीय छात्रछात्रा दौड प्रतियोगिता, ह्विल चियर महिला तथा पुरुष दौड, दृष्टिविहीन महिला तथा पुरुष दौड प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

Global Ime bank

१० किलो मिटर दौड प्रतियोगिताका विजेताले १५ हजार,  दोस्रोले १० र तेस्रोले ५ हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

५ किलोमिटर छात्रा÷छात्र दौड प्रतियोगिताका विजेताले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनले ४ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गुरुङले जनाए ।
यस्तै, ह्विल चियर र दृष्टिविहीन प्रतियोगिताका विजेताले ५ हजार,  दोस्रो हुनेले ३ हजार र तेस्रो हुनेले २ मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

पोखरा रंगशालाबाट सुरू हुने प्रतियोगितामा उत्साह थप्न सगरमाथा आरोही तेन्जिङ शेर्पा, माउन्ट किनाबुलु मलेसियामा कीर्तिमानधारी अन्तर्रा्ष्ट्रिय धावक कुशाङ गुरुङ, नायिका तथा सगरमाथा आरोही रोजिता वुद्धाचार्य, सगरमाथा आरोही देउराली चाम्लिङ, पत्रकार अखण्ड भण्डारी, व्रेष्ट क्यान्सरविरूद्धकी अभियान्ता एवम पूर्व भलिबलका राष्ट्रिय खेलाडी मञ्जु गुरुङ, बोष्टनका याम पौडेल, पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङ लगायतले सहभागिता जनाउनेछन् । 

प्रतियोगिता सम्पन्न गर्न करिब २३ लाख खर्च हुने आयोजकको अनुमान छ । यस्तै, प्रतियोगिताको लागि २८ लाख रुपैयाँ संकलन भईसकेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा करिब ५ हजार खेलाडीले सहभागिता जनाउनेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ४, २०७५  २१:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC