site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
फेसबुक नचलाए खुसी हुन्छ मानिस !
Sarbottam CementSarbottam Cement

एजेन्सी । फेसबुक चलाउन छाड्नाले हामीलाई मानिसक रुपमा बढी स्वस्थ राख्न सक्ने तर वर्तमानमा भइरहेका घटनाबारे कम जानकार बनाउने  हालै गरिएको एक अनुसन्धानले देखाएको छ । न्युयोर्क युनिभर्सिटी र स्टेनफोर्ड युनिभर्सिटीका अध्ययनकर्ताहरुले गरेको यस अनुसन्धानमा फेसबुक अकाउन्ट ‘डिएक्टिभेट’ अर्थात निस्क्रिय गर्दा यसले व्यक्तिमा कस्तो प्रभाव पार्छ भन्नेबारे खोज गरिएको हो । यसमा सहभागी व्यक्तिलाई अनुसन्धानकर्ताहरुले  १०२ डलर दिएर चार हप्तासम्म फेसबुक बन्द गर्न लगाएका थिए । 

यस्तोमा बिना फेसबुक मानिसहरु पहिले भन्दा धेरै खुसी भएको र अन्य सामाजिक संजालका साइटमा पनि कम एक्टिभ भइ थोरै समय इन्टरनेट प्रयोग गरिरहेको पाइएको हो । तर अर्कोतर्फ उनीहरु तथ्यात्मक समाचारहरुबारे भने कम जानकार रहेको बताइएको छ । यसरी फेसबुक बन्द गरिसकेपछि उनीहरुसँग दिनमा एक घण्टा भन्दा बढी समय खालि हुने गरेको उनीहरुको भनाइ छ । यस्तोमा अनुसन्धान सकिएपछि  अधिकांशले पुनः अकाउन्ट खोल्ने बताएका थिए भने अन्य केहीले चाहिँ यसको कम प्रयोग गर्नमा जोड दिने बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

न्युयोर्क युनिभर्सिटीका असोसिएट प्रोफेसर हन्ट अल्कोटका अनुसार अनुसन्धानमा सहभागीहरुले फेसबुक आफ्ना लागि महत्वपूर्ण रहेको र सामान्य अवस्थामा यो उनीहरुको जीवनमा एउटा सकारात्मक कुरा भएको बताएका हुन् । यस्तोमा उनीहरुले चार महिना फेसबुक बन्द गर्न लगाउँदा प्रति महिना १०० डलर दिइनुपर्ने माग गरेका हुन् । जसले मानिसको जीवनमा सामाजिक संजालको बढ्दो महत्व देखाइरहेको अल्कोटको भनाइ छ । उनले थप भने, ‘यदि फेसबुकको सट्टा मानिसलाई कुनै नसालु पदार्थ छाड्न लगाइएको भए यस्तो नतिजा देखा पर्ने थिएन ।’

यसरी यो अनुसन्धान फेसबुकको समर्थनमा नभएको र यसको विरोधमा पनि नरहेको स्पष्ट पार्दै अनुसन्धानकर्ताहरुले यसबाट अफूहरुले केबल मानिसलाई सामाजिक संजालको प्रयोगबारे सचेत गराउन खोेजेको बताएका हुन् । अनुसन्धानमा फेपसबुक कतिपयका लागि मनोरञ्जनको श्रोत रहँदै आएको र समाजिक अन्र्तक्रियामा सक्रिय रहने माध्यम रहेको पनि देखिएको छ । 

Global Ime bank

यसलाई फेसबुकका प्रवक्ताले कम्पनीबारे दैनिक अनुसन्धान गरिने हजारौँ शिर्षक मध्ये एउटा रहेको व्यख्या गरेका छन् । तरपनि यसबाट प्राप्त केही सकारात्मक नतिजा भने उत्साहजनक भएको उनको भनाइ छ । उनले भने, ‘हाम्रो टोली यिनै मुद्दाहरुमा गम्भीरतापूर्वक काम गरिरहेको छ । सामाजिक अन्र्तक्रिया र साथीभाइसँगको संवाद अर्थपूर्ण बनाउनकै लागि हामीले विभिन्न नयाँ टुलहरु ल्याइरहेका छौँ । मानिसहरुले फेसबुकबाट राम्रो अनुभव बटुलुन् भन्ने हाम्रो एक मात्र उद्देश्य हो । ’ प्रोफेसर अल्कोटका अनुसार पनि यो अध्ययन ज्यादै महत्वपूर्ण छ किनकी फेसबुकबारे गरिएको यो सबैभन्दा ठूलो अनियमित अनुसन्धान हो । 

यसअघिका अनुसन्धान ‘हामीले कति समय फेसबुक प्रयोग गर्छौँ ’ र ‘यसले कति मानसिक तनाव गराउँछ’ भन्ने जस्ता विषयमा केन्द्रित रहने गरेका थिए । तर यसबाट हामी फेसबुकले मानिसलाई तनाव गराइरहेको वा तनावग्रस्त मानिसले फेसबुक चलाइरहेको भन्ने स्पष्ट हुन नसकिने अल्कोट बताउँछन् । 

यसरी कम्पनीले आफ्नो नाफा वृद्धिबारे खबर गरेकै समय फेसबुकबारे यो रिपोर्ट सार्वजानिक भएको छ । २०१८ को आम्दानी रिपोर्टमा फेसबुकले ६.९ अर्ब डलरको रेकर्ड नाफाबारे जानकारी दिएको हो । यसले पछिल्लो समय गोपनियता लगायतका विभिन्न काण्डमा फसेपनि कम्पनीको आम्दानीमा ठूलो प्रभाव नपरिरहेको स्पष्ट पारेको छ । २००४ मा लन्च भएको फेसबुकका अहिले २.३ अर्ब भन्दा बढी विश्वव्यापी प्रयोगकर्ता रहेका छन् ।  – सिएनएन
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  ०५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC