site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
पृथ्वीको उत्तरी ध्रुव असामान्य गतिले रुसतर्फ अघि बढ्दैछ !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । पृथ्वीको चुम्बकीय उत्तरी ध्रुव (म्याग्नेटिक नर्थ पोल) क्यानडाको आर्टिक क्षेत्रबाट रसियास्थित साइबेरियातर्फ अघि बढिरहेको वैज्ञानिकहरुले जानकारी दिएका छन् । ‘नेस्नल सेन्टर्स फर इन्भारोमेन्टल इन्फरमेसन, नोआजले यसमा आइरहेको परिवर्तनबारे सही जानकारी पाउन ‘वल्र्ड म्याग्नेटिक मोडेल’, डब्लुएमएम अपडेट गरेको थियो । डब्लुएमएमको नयाँ भर्जन हरेक पाँच वर्षमा रिलिज गर्ने गरिएपनि समय अगावै पोलको गति बढ्न थालेपछि वैज्ञानिकहरुले अपडेट गर्नुपरेको बताएका छन् ।  

डब्लुएमएम विशेषगरी जिपिएस र नेभिगेसन प्रणाली अनि नासा लगायतका संस्थाले स्याटलाइटलाई ट्रयाक गर्न, उडान व्यवस्थापन गर्न र स्मार्टफोन लगायत विद्युत्तिय कम्पनीहरुले म्यापमा सुरक्षित दिशा प्रदान गर्न प्रयोग गर्ने गरेका छन् । त्यसैले दिशाको उचित मापनका लागि म्याग्नेटिक पोल महत्वपूर्ण मानिन्छ । वास्तवमा पृथ्वीको भित्री भागमा रहेका विभिन्न तरल धातुहरुले नै पोलको स्थान निर्धारण गर्ने गर्दछन् । यस्तोमा त्यहाँ आइरहेको लगातार कम्पनका कारण पनि यस्तो प्रभाव परेको हुन सक्ने वैज्ञानिकहरुको अनुमान छ । 

यसरी अठार र उन्नाइसऔँ शताब्दीमा सो पोल उत्तरी क्यानडाबाट पूर्वतर्फ अघि बढिरहेको थियो तर बीसऔँ शताब्दी सुरु भएदेखि भने यो रुसतर्फ अगाडि बढ्न थालेको हो । यसमा पनि एक्काइसौँ शताब्दी पुगेपछि पोलको अघि बढ्ने गति ९ किलोमिटर प्रति वर्ष बाट अहिले ५५ किलोमिटर प्रति वर्ष पुगेको हो । यस्तोमा यो प्रक्रिया म्याग्नेटिक पोल पल्टिने संकेत हुन सक्ने बताइएको छ । त्यस्तो भएमा यसलाई प्राकृतिक रुपमा पहिलेको स्थानमा आउन सयौँ हजारौँ वर्ष लाग्न सक्ने बताइएको छ । प्रत्येक हजार या सय वर्षमा चुम्बक पल्टिने गरेको वैज्ञानिकहरुको भनाइ छ । यसले मानिसका साथै चराहरुलाई पनि प्रभावित गर्ने बताइएको छ । बसाइँ सराइँका लागि चराले पृथ्वीकै चुम्बकीय ध्रुवलाई आधार मानेर आफ्नो दिशा निर्धारण गर्ने गर्दछ ।  – फक्स न्युज

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  ०५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC