site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बिहान चाँडै उठ्न सके कस्ता छन् फाइदा ?
Sarbottam CementSarbottam Cement

एजेन्सी । बिहान छिटो उठ्ने मानिस तुलनात्मक रुपमा खुसी र अधिक उत्पादक जीवन जिउन सक्ने गरेको पाइएको छ ।  हालै गरिएको एक अनुसन्धानले यस्तो देखाएको हो । 

एक्सटर युनिभर्सिटीले ठूलो स्केलमा गरेको एक अनुसन्धमानमा राति अबेरसम्म बस्नेहरुमा भन्दा बिहान चाँडो उठ्नेहरुमा तनावलगायतका मानसिक समस्या देखापर्ने सम्भावना कम रहेको पाइएको हो । अध्ययनकर्ताहरुका अनुसार राति सक्रिय रहनेहरुको शारीरिक घडी दैनिक तालिकासँग जुध्न पुग्ने हुनाले नै यसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने गर्दछ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी विद्यार्थीहरुमा पनि बिहान चाँडो उठ्नुले धेरै फाइदा पुर्याउन सक्ने देखिएको छ । यसमा राति ढिलासम्म पढ्ने विद्यार्थी भन्दा बिहान सबेरै उठेर पढ्ने विद्यार्थीहरुको परीक्षा नतिजा औसतमा राम्रो हुने गरेको टेक्सस युनिभर्सिटीको एक अध्ययनले देखाएको हो ।

वास्तवमा बिहान चाँडै उठ्ने व्यक्तिहरुले कम मदिरा सेवन गर्ने गरेको पाइन्छ । त्यस्तै राति पर्याप्त निद्रा पुर्याइसकेको हुँदा बिहान हाम्रो शरीर प्राकृतिक रुपमा जागेको हुन्छ । यसैले पनि राति भन्दा बिहान पढ्नु बढी प्रभावकारी साबित हुने विज्ञहरुको भनाइ छ । यसका साथै चाँडो उठ्नेहरु ठीक समयमा काममा जाने हुँदा यसले तिनको उत्पादकत्व पनि वृद्धि गराउने गर्दछ । 

Global Ime bank

युनिभर्सिटी अफ ब्रिस्टोलका अनुसनधानकर्ताहरुले एक अध्ययन अन्र्तगत ३४१ जना महिलाको डिएनएका स्याम्पल परीक्षण गरेका थिए । यसमा दुई किसिमको डिएनएबारे सर्वेक्षण गरिएको थियो – राति सक्रिय रहने र बिहान चाँडो उठ्ने । जसमा सबेरै उठ्ने महिलाहरुमा स्तन क्यान्सर विकास हुने सम्भावना कम रहेको पत्ता लगाइएको हो ।  

त्यसैगरी ‘मेनोपज’, महिनावारी रोकिएपछिका महिलाहरुको स्वास्थ्यमा पनि सबेरै उठ्नुले धेरै फाइदा गराउन सक्ने बताइएको छ । विशेषगरी उनीहरुमा निद्रा नलाग्ने, राम्रोसँग सुत्न नसक्ने समस्या हुन्छ । यस्तोमा हप्तामा ५ दिन बिहान सबेरै उठेर ४५ मिनेट शारीरिक व्यायाम गर्ने गरेमा  राति राम्रो निद्रा लाग्ने सिएटलस्थित क्यान्सर रिसर्च सेन्टरका वैज्ञानिक फ्रेड हट्चिन्सनले बताएका हुन् । उनका अनुसार यस अध्ययनमा सहभागी ७० प्रतिशतमा यस्तो नतिजा देखिएको हो । 

त्यसैगरी किशोर किशोरीहरुको व्यक्तित्वमा पनि सबेरै उठ्नुले ठूलो सकारात्मक बदलाव ल्याउन सक्ने बताइएको छ । यसबारे जर्मनका ३४६ किशोरहरुमा गरिएको अध्ययनमा बिहान सबेरै उठ्नेहरुको नियमितता र सहकारितामा सुधार आएको पाइएको हो । यता युनिभर्सिटी अफ एजुकेसन हेइडनबर्गले १,२३१ सहभागीहरुको अध्ययन गर्दा पनि बिहानका व्यक्ति तुलनात्मक रुपमा अधिक इमान्दर हुने गरेको र धेरैलाई अल्छिमुक्त बनाउने गरेको देखिएको छ ।  – द गार्जियनबाट  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  ०६:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC