site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बैङ्क ब्याजदरबारे उद्योगीको आन्दोलन : बालुवाटारमा छलफल, माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन
Ghorahi CementGhorahi Cement

विराटनगर । ब्यादर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायी र सरकारबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा अर्थमन्त्री डा.युवराज खतिवडा, उद्योगी मन्त्री मातृकाप्रसाद यादव, गभर्नर चिरञ्जीवी नेपालसमेत सहभागी भई उद्योगीसँग छलफल भएको हो । प्रधानमन्त्री ओलीले उद्योगीको माग सम्बोधन गर्न अर्थमन्त्री खतिडालाई निर्देशन दिएका छन् । प्रधानमन्त्री बैङ्क ऋणको ब्याज र बीमा कम्पनीले विभिन्न शीर्षकमा लिने गरेको प्रिमियममा हस्तक्षेप गर्न निर्देशन दिएको छलफलमा सहभागी उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले जानकारी दिएका छन् । 

‘‘नव सामन्तवादलाई शिर उठाउन दिन हुुँदैन् । रबरको बोटको जराले पानीजति सबै सोसेर छेउछाउमा भएका बिरुवा मारेजस्तो बैङ्कले मात्र ३०–४० प्रतिशत कमाएपछि अरू व्यवसाय कसरी फस्टाउँछ ?’’ भन्दै प्रधानमन्त्रीले प्रश्न गरेको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले जानकारी दिए ।

Agni Group

अत्यधिक ब्याजदरका कारण नयाँ उद्योग लगाउन र भएकालाई बिस्तार गर्न नै समस्या भएको भन्दै मोरङ व्यापार संघ र उद्योग संगठनले चरणबद्ध आन्दोलन घोषणा गरेका थिए । विराटनगरमा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको सहभागितामा यसअघि भएको छलफल बिना निस्कर्ष टुंगिएको थियो । बालुवाटारमा भने उद्योगी व्यापारीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसमेत छलफलमा सहभागी थिए । विराटनगरबाट सुरु भएको ब्यादरविरुद्धको आन्दोलनमा केन्द्रीय नेतृत्वसमेत सहभागी भएपछि राष्ट्रिय रुप लिएको हो । डेपुटी गभर्नर सिवाकोटीले यो समस्याबारे केन्द्रीयस्तरमै छलफल गर्न उद्योगीलाई सुझाएका थिए ।

प्रधानमन्त्रीले अर्थमन्त्री, गभर्नर र बीमा समितिका अध्यक्षलाई सम्बोधन गर्दै हस्तक्षेप गर्न निर्देशन दिँदै भने,‘‘पहिले–पहिले उद्योगी–व्यापारीले जनतालाई शोषण गरे भन्ने गुनासो आउने गर्दथ्यो । अहिले त उहाँहरू आफैँ हामी शोषणमा पर्यौं भन्दै हामीसँग आउनु भएको छ । यो गम्भीर अवस्था हो । यस विषयमा हामी थप गम्भीर बन्नुपर्छ ।’’ 

Global Ime bank

ब्याजदर ७ प्रतिशत उत्पादनमुलक र व्यवसायतर्फ ९ प्रतिशत लिनुपर्ने उद्योगीको माग छ । अध्यक्ष घिमिरेले भने,‘‘छलफल निकै नै फलदायी भएको छ । स्पे्रड दर क्रमशः घटाउँदै लैजाने र डिस्काउन्ट एलसी आइतबारदेखि नै खोल्ने वातावरण बनेको छ ।  बीमा कम्पनीले उद्योगले इच्छाएको क्षेत्रको बीमा गर्न पाउने व्यवस्था गर्ने विषयमा पनि सरकारले गम्भीर चासो लिएर काम गर्ने आश्वासन पाइएको छ । ’’

छलफलमा अर्थमन्त्री युवराज खतिवडाले बैङ्क र उद्योग दुबै फस्टाउन सक्ने गरी सरकारले काम गर्ने आश्वासन दिएका थिए । अनावश्यक रुपमा बैङ्कले लिने गरेको सेवा शुल्क पहिल्यै हटाएको भएपनि लिई रहेको भए त्यसको अनुगमन गरी कार्वाही हुने बताएको मोरङ व्यापार संघका अध्यक्ष पवन सारडाले जानकारी दिए भने,‘‘प्रधानमन्त्रीले निर्देशन दिनु भएको विषय क्रमशः कार्यान्वयन हुँदै जाने हामीले अपेक्षा गरेका छौं ।’ निक्षेपकर्तालाई पनि मारमा पार्नु नहुने र कर्जा लिनेलाई पनि अन्याय गर्न नहुने धारणा राखेको सारडाले बताए । 
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बैङ्क र वीमा कम्पनीले एकलौटी रूपमा असुल गर्ने गरेको ब्याज र प्रिमियमको व्यवहारिक रुपमा  नियमन हुनुपर्ने बताइन । 

छलफलमा महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोर प्रधान, चन्द्र ढकाल र उमेश श्रेष्ठ, नेपाल उद्योग परिसंघ अध्यक्ष हरिभक्त शर्मा र नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मलहोत्रा पनि सहभागी थिए । छलफलमा सांसद एवम् उद्योगी मोती दुगड, मोरङ व्यापार सङ्घका अध्यक्ष पवन शारडा र उद्योग सङ्गठनका अध्यक्ष भीम घिमिरेले उद्योग तथा व्यवसायिक क्षेत्रको समस्या राखेका थिए । सोमबार फेरि अर्थमन्त्रीको उपस्थितिमा बैठक बसी निश्कर्ष निकालिने बताइएको छ । 

छलफलमा प्रदेश १ का उद्योगीको आन्दोलनमा साथ दिएका वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने र भैरहवाका अध्यक्ष गोपाल केडिया पनि सहभागी थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ४, २०७५  १८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC