site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरिक्षकको सवारी दुर्घटना रहस्यमयी, परिवारद्वारा छानबिनको माग 
Sarbottam CementSarbottam Cement

काठमाडौं । बाराका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी उपरिक्षकको सवारी दुर्घटना रहस्यमय भएको भन्दै परिवारजनले छानबिनको माग गरेका छन् । प्रमुख जिल्ला अधिकारीका सवारी चालक जगतनारायण राउत कुर्मीले नियोजित रुपमा सो दुर्घटना गराइ हत्या गराएको भन्दै पोखरेल र भट्टराईको परिवारजनले किटानी जाहेरी दिदै छानविनको माग गरेका हुन् ।

माघ १२ गते बाराको निजगढमा आयोजित कार्यक्रममा भाग लिएर कलैया जाँदै गर्दा पूर्व पश्चिम राजमार्गको पसाहा पूल नजिक उक्त सवारी दुर्घटना भएको थियो । प्रजिअ भट्टराईका भाई नरेश भट्टराईले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त घटना नियोजित भएको शंका र आशंका गर्ने ठाउँ प्रशस्त देखिएकाले छानबिनको माग गर्नु परेको बताएका छन् । “उक्त घटनाको प्रकृति हेर्दा नियोजित रुपमा घटाइएको देखिन्छ त्यसमाथि एउटा सामान्य चालकलाई जोगाउनका लागि बहालवाला सचिवदेखी पूर्वसचिवसम्मका, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरु लागेपछि हामी झन् आश्चर्य चकित हुन पुगेका छौं,” भट्टराईले पत्रकार सम्मेलन भने, “घटना प्रति गम्भिरता र जिम्मेवारीपूर्ण तरिकाले अनुसन्धान नगर्नु र एउटा चालकको पछि मुलुकका पावरफूल व्यक्तिहरु नै लाग्नुले घटनालाई झन रहस्यमय बनाएको हो ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार घटना घटेको तीन साता पुगिसक्दा पनि सामान्य केरकार बाहेक प्रहरीले अन्य अनुसन्धान गरेको देखिएको छैन ।  उक्त घटनामा परी प्रहरी उपरिक्षक पोखरेलको घटनास्थलमा नै निधन भएको थियो भने प्रजिअ भट्टराई हाल शिक्षण अस्पताल, महाराजगञ्जमा कोमामा उपचाररत छन् । 

प्रजिअ भट्टराई अझै अचेत अवस्थामा छन् । मृतक पोखरेलका परिवारले बारामा र भट्टराईका परिवारले महानगरीय प्रहरी वृत, महाराजगञ्जमा किटानी जाहेरी दिएकाछन् ।

Global Ime bank

“चालक राउतले तिव्र गतिमा (प्रति घन्टा सय किमि भन्दा माथी) को गतिमा सवारी चलाउनु र रोकिराखेको ट्रयाक्टरको ट्रेलरमा नियोजित रुपमा ठोकाएको आशंका छ,” प्रेस विज्ञप्तिमा भनिएको छ, “घटना घटे लगत्तै चालक कुर्मीले प्रहरीलगायत सम्बन्धित निकायलाई कुनै जानकारी नदिएकाले पनि थप शंका उत्पन्न भएको छ, जबकी चालक कुर्मी दुर्घटनामा सामान्य घाइते भएका थिए ।”

भाई नरेशका अनुसार उक्त गाडीमा रहेका अंगरक्षकले सो दुर्घटनापछि चालक कुर्मीले अपत्यारिलो र असहज व्यवहार गरेको जानकारी दिएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  ०५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC