पत्रकारले निर्वाध रुपमा सूचना सम्प्रेषण गर्न पाउनुपर्ने

काठमाडौं । राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपीजे) नेपालले देशभरका फोटोपत्रकार तथा पत्रकारलाई निर्वाध रुपमा सूचना सम्प्रेषण गर्न पाउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

संस्थाको आज सम्पन्न १०औँ वार्षिक साधारणसभाले फोटोपत्रकारको हकहित र कानुनी अधिकारका लागि देशभरका फोटोपत्रकारलाई एकजुट गराएर अघि बढ्ने निष्कर्ष निकाल्र्दै सम्पूर्ण सञ्चारकर्मीलाई सहज रुपमा काम गर्ने वातावरण सुनिश्चित गर्न आग्रह गरेको हो । 

कार्यक्रममा सहभागी वक्ताले फोटो पत्रकारको व्यावसायिक सुरक्षा हुनुपर्नेमा जोड दिएका थिए । 

संस्थाका पूर्वअध्यक्षहरु मिनरत्न बज्रचार्य, कविन्द्रमान शाक्य, राजभाई सुवाल तथा संस्थाका सल्लाहकार जगदिश तिवारी र धादिङ शाखाका अध्यक्ष नारायण सिलवालले फोटो पत्रकारको पेशागत मर्यादा र निर्वाह गर्नुपने दायित्वबारे धारणा राखे ।  

कार्यक्रममा संस्थाका सचिव नवराज श्रेष्ठले संस्थाको वार्षिक गतिविधि प्रस्तुत गरे भने कोषाध्यक्ष लेखबहादुर श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरे ।  

साधारणसभाले संस्थाको विधान संशोधन गरी फोटो पत्रकार समूहलाई ७ वटा प्रादेशिक संरचनामा लाने निर्णय गरेको संस्थाद्वारा जारीविज्ञप्तिमा उल्लेख छ । रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

राजा महेन्द्रसँगको त्यो अन्तर्वार्ता

– नरेश फुयाँल डिजिटललाई छोड्ने हो भने पत्रकारिताका तीनवटै माध्यम— रेडियो, छापा र टेलिभिजनसँग जोडिएको नाम हो, यादव खरेल । रेडियो

पत्रकार वृत्ति कोष स्थापना तथा सञ्‍चालन निर्देशिका ०७५ स्वीकृत 

काठमाडौं । सरकारले गोरखा दरबार हेरचार कार्यालय तथा संग्रहालय गोरखा, नुवाकोट दरबार हेरचार कार्यालय तथा संग्रहालय नुवाकोट, मनकामना क्षेत्र विकास

मेक्सिकोमा फेरि पत्रकार मारिए, तीन महिनामा तीन पत्रकारको हत्या

मेक्सिको । मेक्सिकोमा फेरि एकजना पत्रकारको हत्या भएको समाचार छ। शनिबार ती पत्रकारलाई आफ्नै घरमा गोली हानी हत्या गरिएको अधिकारीले

दरबारलाई पनि नटेर्ने पत्रकार

– नरेश फुयाँल वि.सं. २०२७ सालको एकदिन कमल प्रधान रेडियो नेपाल सुनिरहेका थिए । कृष्णा ताम्राकार समाचार पढिरहेकी थिइन् । तर,