site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेकपाको कार्यदलले दुई महिनापछि प्रतिवेदन बुझायो
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । तल्ला कमिटी एकता गर्न गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ९ सदस्यीय कार्यदलले प्रतिवेदन बुझाएको छ । सचिवालय सदस्य रामबहादुर थापा बादलको संयोजकत्वमा गठित कार्यदलले सर्वसम्मतीले प्रतिवेदन तयार पारी पार्टी अध्यक्ष केपी शर्मा ओलीसममक्ष बुझाएको अर्का अध्यक्ष पुष्पकमल दाहालले बताएका हुन् ।

संगठनात्मक एकता टुंग्याउने गत पुस १२ गते नेकपाको स्थायी कमिटीले कार्यदल गठन गरेको थियो । १५ दिनको समयसीमा तोकेर संगठनात्मक एकताको प्रस्ताव तयार पार्ने कार्यादेश दिएको भए पनि कार्यदलले झन्डै दुई महिनापछि प्रतिवेदन बुझाएको हो । अब दुई अध्यक्ष बसेर प्रतिवेदन बारे छलफल गर्ने र सचिवालय र स्थायी कमिटीको बैठक बसेर तहगत कमिटीको एकता टुंग्याउने प्रचण्डको भनाइ छ ।

“कार्यदलले सर्वसम्मत रूपमा प्रतिवेदन बुझाएको छ । प्रतिवेदनलाई प्रस्ताव बनाएर सचिवालयमा, स्थायी कमिटीमा छलफल गर्ने र पार्टी एकतालाई टुंग्याउने भन्ने विषयमा दुई अध्यक्षबीच आजै (शनिबार) कुराकानी हुन्छ,” धादिङमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने । एकताका लागि ९ सदस्यीय कार्यदलमा रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, बेदुराम भुषाल, लेखराज भट्ट, रघुवीर महासेठ सदस्य छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ४, २०७५  १६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC