site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बाजुराका ९५ बस्ती उच्च जोखिममा
Sarbottam CementSarbottam Cement

बाजुरा । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।     

जिल्ला दैवीप्रकोप उद्धार समितिले विपत् जोखिममा रहेका बस्तीको सूची सार्वजनिक गरिसकेको र तल्काल केन्द्रमा पठाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । ९५ बस्तीमध्ये सबैभन्दा बढी जोखिममा रहेको त्रिवेणी नगरपालिका र दोस्रोमा बडिमालिका नगरपालिका रहेको जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

समितिले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लाका जोखिममा रहेका बस्तीको पहिचान गरी सो बस्तीलाई स्थान्नातरण गर्नुपर्ने निर्णय गरेको प्रजिअ बरालले बताए । जसमा त्रिवेणी नगरपालिकाको वडा नं १ को विशालबजार, सल्लेरी, वडा नं ४ को पिपलसैन, राउतेला, वडा नं ५ को किम्नीको ढोड क्षेत्र रहेको छ । वडा नं ६ को गैरा, पन्धारागाउँ, फल्नेतोला–८ को पन्ताली, ढडाली, बाँगापाटा, कालापानी, गिरीवाडा, नेपालीटोल, ९ को ताम्सु, नुवाकोटको बस्ती जिल्लाकै उच्च जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ । 

त्यस्तै त्रिवेणीपछि दोस्रो जोखिममा रहेको बडिमालिका नगरपालिकामा १५ बस्ती उच्च जोखिममा रहेका छन् । 

Global Ime bank

समितिले उच्च जोखिममा रहेका ९५ मध्ये तत्काल स्थानान्तरणका लागि बडिमालिका नगरपालिका वडा नं १ को सल्लेना, २ को मैमातोला विष्टवाडा, बथानलेख–७ को जिल्ली, ३ को उखाडीलगायतका बस्ती सिफारिश गरेको छ । जोखिममा रहेका बस्तीको स्थानान्तरण तथा व्यवस्थापनाका लागि शहरी विकास तथा भवन निर्माणका लागि सिफारिश गरिएको समितिका सदस्य कृष्ण अधिकारीले जानकारी दिए । 

 सरोकारवालासँग छलफल गरी बस्ती जोखिममा रहेको पहिचान गरेको अधिकारीले बताए । त्यस्तै अन्य कतिपय गाउँपालिकाको पनि बस्ती जोखिममा रहेको र स्थानान्तरणको लागि सिफारिश गरिएको जनाइएको छ । 

त्यस्तै सबैभन्दा कम जोखिममा रहेको जगन्नाथ गाउँपालिकाका बस्ती रहेका छन् । हिमाली गाउँपालिकामा भने बस्ती जोखिम कम भए पनि स्थानान्तरण गर्नुपर्ने बस्ती भने धेरै रहेको प्रजिअ बरालले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ४, २०७५  १०:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC